सरकारले पूर्वबाट थाल्यो रेलमार्गको अधिग्रहण प्रक्रिया

  प्रकाशित मिति
२६ जेष्ठ २०७७, सोमबार १७:४८


मेचीनगर, २६ जेठ । सरकारले मेची महाकाली विद्युतीय रेलमार्गका लागि पूर्वबाट जग्गा अधिग्रहण प्रक्रिया सुरु गरेको छ ।

पहिलो चरणमा रेलमार्ग निर्माण हुने भनिएको १ सय ६ किलोमिटर लामो काँकडभिट्टा–इनरुवा खण्डका लागि झापा, मोरड र सुनसरी जिल्लाभित्रका लगभग ४ हजार कित्ता जग्गाको अधिग्रहण प्रक्रिया सुरु भएको हो ।

सरकारले रेलमार्गले ओगट्ने ६ सय ७३ बिघा १८ कठ्ठा जग्गा अधिग्रहण गर्नेछ । झापामा ३ सय ३ बिघा, मोरङमा २ सय ३० बिघा र सुनसरीमा १ सय ४० बिघा १८ कठ्ठा जग्गा अधिग्रहण हुनेछ ।

सबैभन्दा बढी जग्गा झापा जिल्लामा अधिग्रहण हुनेछ । झापा जिल्ला प्रशासन कार्यालयले यही जेठ २४ गते सार्वजनिक सूचना प्रकाशित गरी अधिग्रहण प्रक्रिया सुरु भएको जानकारी दिएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले ३५ दिनभित्र सम्बन्धित जग्गाधनीले जग्गाधनी प्रमाणपूर्जा, मालपोत रसिद र नागरिकता प्रमाणपत्र सहित हकदावीका लागि निवेदन दिन सूचनामार्फत सर्वसाधारणलाई जानकारी दिइएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: