सरकारविरुद्ध कांग्रेसको आक्रोश आज सडकमा देखिदै

  प्रकाशित मिति
२९ मंसिर २०७७, सोमबार ०७:२१


झापा, २८ मंसिर । सरकारविरुद्ध आक्रामक बनेको नेपाली कांग्रेसले आज देशव्यापी विरोध प्रदर्शन गर्दैछ ।

नेकपाको दुई तिहाई बहुमतसहितको सरकार गठन भएयता नरम विपक्षीको भूमिकामा रहेको कांग्रेस पहिलोपल्ट कडा रुपमा सकडमा प्रस्तुत हुँदैछ ।

आज देशका ७७ जिल्लामै प्रदर्शन हुने र झापामा मोटरसाइकल र्याली समेत आयोजना हुनेछ ।

पछिल्लोपटक पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले पक्राउ गरेपछि यो प्रदर्शनको निधो गरिएको हो ।

केपी ओलीको नेतृत्वमा गठित नेकपा सरकार सर्वसत्ताबादतर्फ उन्मुख भएको, भ्रष्टाचार बढेको, कोरोना महामारी नियन्त्रणमा उदासिन रहेको, महिला हिंसा र बलात्कारका घटना बढेको लगायतका विभिन्न आरोप कांग्रेसले लगाएको छ ।

झापाको सुरुंगाबाट आज १२ बजेर ३० बजे मोटरसाइकल र्याली सुरु हुने र विर्तामोडको सुगम पेट्रोल छेउको खाली जग्गामा विरोध सभा हुने पार्टीका जिल्ला सभापति उद्धव थापाले जानकारी दिएका छन् ।

उनले र्याली र सभाको सम्पूर्ण तयारी पूरा भएको जनाए । सामाजिक दूरी कायम राख्दै र्याली गरिने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: