सरकारी अदूरदर्शिता र सुझाव

  प्रकाशित मिति
३ आश्विन २०७४, मंगलवार १४:२४


mira pokharel

फेरि देशमा चुनावको माहोल आउन आ“टेको छ । प्रदेश, केन्द्र भन्दै विभिन्न चरणमा चुनाव हु“दैछ । भर्खरै भएको स्थानीय चुनावमा सर्वसाधारण सेवाग्राहीले दुःखको पराकाष्ठा भोग्नुप¥यो । सरकारी सेवाका कामहरु ठप्प भए त्यसमा पनि अत्यावश्यक र संवेदनशील क्षेत्रका त्यस्ता सेवाहरु रोक्नु भनेको ठूलो अदूरदर्शिता हो । देशमा के–के अत्यावश्यक हुन् भनेर छुट्याउन बुद्धि र विवेकको आ“खाले हेर्ने क्षमता राख्नु पर्यो ।

स्थानीय चुनावछेक नै बिजुली बिग्रियो घरको । त्यो भन्दा अगाडि नै फोन त बिग्रिएकै थियो । गड्याङ र गुडुङ गर्दै अलिअलि चल्थ्यो बिजुली नआएपछि त्यो फोन आएन । नेट (एडिएसल) त आउँदै आएन, धेरै पटक कम्प्लेन टिपाएँ । केही सीप नलागेर अफिसमै गएर भन्नु पर्यो भन्ने लाग्यो र गएँ, जम्मा दुईजना मात्र कर्मचारी हुनु हुँदोरहेछ । सबै वृतान्त सुनाएँ । तपाईको बिजुली पर्सी नत्र निकोर्सी मात्र बनिन्छ भने । मैले प्रश्न गरेँ, किन ? सबै कर्मचारी चुनावमा खटिएका छन् उनीहरु आएपछि मात्र काम हुन्छ । त्यतिन्जेल के अँध्यारोमा नै बस्नु † गर्मी छ यस्तो, पङ्खा चलाउन पाउदिन के चुनाव सकुन्जेल हामीले चै यातना नै भोग्नु पर्ने ? बिल तिर्दा के छुट पनि दिनुहुन्छ नबालेको भनेर ? भन्नु मात्र थियो नि हाकिम थिएनन्, ती तल्लो तहका कर्मचारीहरुलाई भनेर के कसो गर्नु र ।

सिधै टेलिकम कार्यालय आए बिग्रिएको उपकरणको बारेमा सबै सुनाएँ । त्यहाँ पनि बिजुली अफिसकै जस्तो नियति थियो । कर्मचारी सबै चुनावमा खटिएका भएकाले १÷२ जना कर्मचारी पनि फिल्डमा खटिएका छन् । अब चुनाव नसकिए काम हु“दैन भन्ने उत्तर पाएँ । अनि छक्क परेँ सञ्चारको साधन बिग्रिएको छ, अबरुद्ध छ, बनाउन निवेदन गर्दा अहिले हुन्न भनिन्छ । रहरले होइन, होला बाध्यता र आवश्यकताले होला भन्ने किन थाहा नभएको होला । यस्ता संवेदशनशील क्षेत्रहरु रित्याएर सेवा अवरुद्ध पारेर, सञ्चारविहीन पारेरै सर्वसाधारणलाई सूचना प्रवाह गर्ने बेलामा कार्यालयबाट सेवा नपाउनु कत्रो असहयोग हो ।

बाहुनडा“गी सा“गुरेबाट नेपाल भाईकी छोरी सारै बिमारी भैछ हेल्थपोस्ट लिएर गयौ“ । मान्छे छैनन् जा“च्नलाई । शङ्का लाग्यो, खोइ कर्मचारीभन्दा चुनावमा भन्ने जवाफ पाइयो । ला † कहा“ लानु त लगेको भाउजु नाम लेख्न नै ७० रुपैया“ लाग्छ भने दबाई सबै किन्नु पर्छ अरे भनेर मसिनो अनुहार लाउ“दै उनले भने घरायसी अलिअलि प्राइवेट मेडिकलमा दबाई किनेर पठाइयो । भाइरल रहेछ, निकै दिन थला परिन् ।

नेपाल सरकारले छुट्टी दियो । जाहुँ हौ, मालपोत तिर्न भन्दै साथी आइन् कहाँ भनेको नगरपालिका भनिन् । ए सम्पत्तिकर तिर्न जौँ । मेरो पनि तिर्नु छ भनेर गयाँै । कर्मचारी चुनावमा खटिएकाले काम नहुने सङ्केत पायौँ । कता गए सब कर्मचारी चुनावमा †

ए राम नि † देशमा यत्रो शैक्षिक बेरोजगार छ । सानोतिनो कामको लागि पनि अवसर पर्खिरहेका धेरै शिक्षित युवाहरु समक्ष र आफ्नो अति आवश्यक व्यावहारिक आवश्यकता टार्न नसकी कहाँ के काम खुल्छ भनी बाटो हेरिरहेका छन् । यस्ता काममा म्यादी प्रहरी मात्र भर्ना लिइन्छ तर निर्वाचन सम्पन्न हुनु अरु कर्मचारी लिइँदैन । २÷३ दिनको तालिम गराएर शिक्षित युवाहरुलाई भर्ना लिएर काम सम्पन्न गराउने हो भने सर्वसाधारणहरुले पनि सेवाविहीन हुनु नपर्ने साथै बेरोजगार युवाहरुको आवश्यकतामा अलिकति मलम लगाउन सकिने थियो ।

सरकारका आ“खा भएर पनि अन्धो हुनु हु“दैन । कार्यालयको कामको वास्तै नगरी सेवाग्राहीको मर्म नबुझी धमाधम कर्मचारीलाई दोहोरो आर्थिक लाभ गराउन सक्षम सरकार आफ्नो असक्षमताको उदाहरण पस्किरहेछ । आ“खिर ती खटिने कर्मचारीलाई पनि त तालिम त दिन्छ नै । त्यही तालिम विज्ञापन खोलेर आएका नया“ जनशक्तिलाई दिएर पठाएर चुनाव गराए त कसैलाई मार्का पर्दैन जस्तो लाग्छ । फेरि चुनावहरु आउँदैछन् प्रदेश, केन्द्र अरु पनि होलान्, फेरि पनि यही अदूरदर्शिता निरन्तरता भए फेरि सेवाग्राहीले सास्ती भोग्नु पर्ने भो †

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: