सरकार तत्काल परिवर्तन नहुने

  प्रकाशित मिति
१६ असार २०७३, बिहीबार १५:४६


hikmat karkaee

गौरीगञ्ज । नेकपा एमालेका केन्द्रीय सदस्य हिक्मत कार्कीले सरकार तत्काल परिवर्तन नहुने बताएका छन् ।

झापा क्षेत्र नं.६ का सांसद दिपक कार्कीद्वारा आगामी आ.ब.मा झापा क्षेत्र नं. ६ मा गरिने वार्षिक कार्यक्रमहरुको जानकारी गराउने उद्देश्यले सांसद सम्पर्क कार्यालय गौरादहमा बिहिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले त्यस्तो बताएका हुन् ।

सदस्य कार्कीले एमालेको नेतृत्वमा स्थानीय निर्वाचन, माओवादीको नेतृत्वमा प्रादेशिक र काङ्ग्रेसको नेतृत्वमा संसदीय निर्वाचन गराउन सकिने बताए ।

यसका लागि मंसिरसम्म सहमतिका आधारमा सरकार चलाउन सकिने बताउँदै उनले अहिलेको सरकारले ल्याएका नीति तथा कार्यक्रमहरुको बारेमा जानकारी गराउने उद्देश्यले पार्टीले राष्ट्रिय अभियान ल्याउन आँटेको समेत जानकारी दिए ।

कार्यक्रममा झापा क्षेत्र नं.६ का सांसद दिपक कार्कीले आ.ब. ०७३÷०७४ मा गरिने विकास कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा सहरी विकासका नौ, सिंचाईका १५, संस्कृति, पर्यटन तथा नागरिक उड्यन तर्फका ६, शान्ति तथा पुननिर्माणका १४, खानेपानी तथा सरसफाइका ११ र संघीय तथा स्थानीय विकासका २१ वटा योजनाहरु आगामी वर्षका लागि रहेको सांसद कार्कीले जानकारी दिए ।
आगामी आबका लागि एक अरब २६ करोडभन्दा बढीको लागतमा योजनाहरु संचालन हुन लागेको भन्दै सांसद कार्कीले योजनाहरु संचालन हुँदा अनुगमन र रेखदेख गर्न पत्रकारहरु समेतलाई अनुरोध गरेका थिए ।

कार्यक्रममा सांसद प्रतिनिधि केदार ढुङ्गेलले चालु आ.ब.मा सांसद विकास कोषद्वारा संचालित योजनाहरुको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा नगर कमिटी उपाध्यक्ष बलबहादुर तामाङले क्षेत्रमा भइरहेका व्यथेतिका बारेमा सांसदलाई जानकारी गराएका थिए । कार्यक्रम क्षेत्रीय अध्यक्ष छत्रपति सुवेदीले संचालन गरेका थिए भने कार्यक्रममा पार्टीका विभिन्न कमिटीका कार्यकर्ताहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: