सरकार सत्ता र शक्तिको नसामा मात्तिएको छ ः नेता सिटौला

  प्रकाशित मिति
३२ श्रावण २०७७, आईतवार १९:५०


मेचीनगर, ३२ साउन । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले सत्ताको सम्पूर्ण शक्ति आन्तरिक संघर्षमा नै खर्चिएको बताएका छन् ।

नेपाली कांग्रेस झापाको आयोजनामा बिर्तामोडमा सम्पन्न कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै नेता सिटौलाले यस्तो धारणा राखेका हुन् ।

‘कसैलाई ओली बचाउनु छ, कसैलाई ओलीलाई हटाउनु छ’–कम्युनिष्ट पार्टीभित्र देखिएको शक्ति संघर्षको प्रसङ्गमा नेता सिटौलाले भने–‘वर्तमान सरकार सत्ता र शक्तिको नसामा मात्तिएको छ, यो सरकारले कम्युनिष्टकै प्रगतिमा सबै जनताको प्रगति देख्छ ।

तर जनताको समस्या र गुनासाको सम्बोधन गर्दैन, गर्न सक्दैन, सरकार नसाको मातमा सुतेको छ, मिलेर वा झगडा गरेर भए पनि वर्तमान सरकारले सरकारी सम्पत्तिको दुरुपयोग गरिरहेको छ ।’

प्रेसमाथि संकुचन, न्यायालय, ब्युरोक्रेसी, आयोगहरु, प्रहरी–प्रशासन सबैलाई आफ्नो इशारामा चल्ने बनाएर वर्तमान सरकार एकदलीय कम्युनिष्ट सर्वसत्ताबाद लाद्न उद्यत रहेको नेता सिटौलाले दावी छ ।

विदेशी सरकार प्रमुखबाट प्रशिक्षण लिने घटना नेपालमै पहिलो भएको उल्लेख गर्दै उनले चिनिया राष्ट्रपतिमार्फत प्रशिक्षण लिएर वर्तमान सरकारले कुटनीतिक मर्यादा र पञ्चशीलको मान्यता विपरित कार्य गरेको धारणा राखे ।

छिमेकीका हिसावले भारत र चिनसँग नेपालको आपसी सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै उनले विदेशी सरकारबाट प्रशिक्षण लिनु खेदजनक रहेको बताए ।

वर्तमान सरकारले जनहित र राष्ट्रिय हितमाकुनै काम गर्न नसकेको दावीगर्दै नेता सिटौलाले अहिले उद्योग, ब्यापार, ब्यवसाय चौपट बनेको तर सरकारले अर्थतन्त्र बचाउन कुनै योजना बनाउन नसकेको धारणा राखे ।

पूर्व गृहमन्त्री समेत रहेका नेता सिटौलाले वर्तमान सरकारसँग पोलिसी, एक्सनप्लान र सोच्ने क्षमता नै नभएको जिकिर गर्दै नेता सिटौलाले प्रश्न गर्नुुभयो–‘एउटी युवतीमा कोरोना देखिदा देश नै ठप्प हुने गरी लकडाउन गर्ने र अहिले देशैभर कोभिडका संक्रमीत देखिदा सबै खुल्ला गर्ने सरकारसँग के पोलिसी छ, के भिजन छ, के क्षमता छ ?’

कांग्रेसले कोभिड–१९ संक्रमणको न्युनिकरणका लागि सरकारलाई सहयोग गरेपनि कोभिड–१९को उपचारका लागि अस्पताल ब्यवस्थापन, राहतवितरण, अलपत्र नेपालीको उद्दार, क्वारेन्टिन ब्यवस्थापन, आइसोलेशन अस्पताल, भेन्टिलेटर ब्यवस्थापन आदिका लागि कांग्रेसले दिएका सुझावहरु सरकारले कार्यान्वयन नगरेको प्रति आपत्ति प्रकट गरे ।

कांग्रेस झापाका सभापति उद्वव थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटी, भारतेन्दुकुमार मल्लिक, प्रदेश सांसद ओम सरावगी, कांग्रेस झापाका पदाधिकारी, सदस्य, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, क्षेत्रीय तथा प्रदेश क्षेत्रीय सभापतिहरु, गाउँ÷नगर सभापतिहरु, भातृ तथा शुभेच्छुक संस्थाका अध्यक्षहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रमको सञ्चालन सचिव प्रेम सम्बाहाम्फेले गरेका थिए ।

कार्यक्रममा सहभागीकातर्फबाट कृष्ण हुमागाई, दीपक तामाङ, उमा शिवाकोटी, गोपाल उप्रेती, सिता पौडेल, प्रकाश शिवाकोटी, मनिकलाल माझी, बलराम कार्की, शेरवहादुर थापाल गायतले कांग्रेसको १४औँ महाधिवेशनबाट नेतृत्व परिवर्तन गरिनुपर्ने, लामो समय पार्टीमा योगदान गरेका अनुशासित कार्यकर्तालाई स्थान दिइनुपर्ने, कम्युनिष्ट नेतृत्वको सरकारले गरेको भ्रष्टाचार र बेथितिका विरुद्ध प्रतिपक्षी आवाजलाई मजबुत बनाई भण्डाफोर गर्नुपर्ने लगायतका धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: