सर्पदंश उपचार सम्बन्धी चेतनामूलक प्रशिक्षण

  प्रकाशित मिति
३ कार्तिक २०७७, सोमबार १६:४६


मेचीनगर, ३ कात्तिक । समुदायमा आधारित सर्पदंश सम्बन्धी एक दिने चेतनामुलक प्रशिक्षण सोमबार बाहुनडाँगीमा सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी बाहुनडाँगी उपशाखाको आयोजना तथा मेचीनगर नगरपालिका २ नं. वडा कार्यालयको सहयोगमा प्रशिक्षण सम्पन्न भएको हो ।

कोरोना महामारीका कारण न्यून उपस्थितिमा एक आपसको दुरी कायम गरी सम्पन्न गरिएको प्रशिक्षणमा स्थानीय २५ जनाको सहभागिता रहेको थियो ।

प्रशिक्षणमा सर्पको डसाईबाट बच्ने उपाय र सर्पले डस्दा गरिने प्राथमिक उपचारका बारेमा नेपाल रेडक्रस सोसाइटी कनकाई सहारा सर्पदंश उपचार केन्द्र कोटीहोमका इन्चार्ज अभिशेक पोख्रेलले सहजीकरण गरेका थिए ।

प्रशिक्षणको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका २ नं. वडाका वडा अध्यक्ष तिलक न्यौपाने र नेपाल रेडक्रस सोसाइटी, झापा शाखाका उपमन्त्री विश्व थापाले संयुक्त रुपमा गरेका थिए ।

आयोजक संस्थाका सह कोषाध्यक्ष कमल तामाङ्गले स्वागत गरेको कार्यक्रममा रेडक्रस बाहुनडाँगी उपशाखाका पूर्व सभापति नारद काफ्ले, मेचीनगर नगरपालिका १ नं. वडाका वडाध्यक्ष पासाङ्ग तामाङ्ग लगायतले मन्तब्य राखेका थिए । आयोजक संस्थाका सभापति घनश्याम दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन सचिव बिपन प्रधानले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: