सर्भर ह्याक हुँदा मेचीनगरको काम ठप्प

  प्रकाशित मिति
१२ पुष २०७६, शनिबार ००:११


अर्जुन कार्की

मेचीनगर । मेचीनगरको सर्भर ह्याक भएपछि नगरपालिकाको कार्यालय यतिबेला सुनसान बनेको छ ।
सर्भर सूत्र ह्याक भएपछि लेखा प्रणाली नचल्दा नगरपालिका कार्यालय सुनसान बनेको हो । सधैजस्तो जनप्रतिनिधि र सेवाग्राहीको भिडभाड हुने नगरपालिकामा सर्भर बिग्रीएर चेक नबनिने भएपछि सुनसान हुन थालेको कर्मचारीको भनाईछ ।
विभिन्न कामका लागि आर्थिक प्रशासनमा आएका सेवाग्राहीको चेक नकाटिए पछि रित्तो हात फर्किन बाध्य भएका हुन । नगरको १५ वटै वडाका विभिन्न योजनाका उपभोक्ता समिति, पदाधिकारी तथा नगरबासी लेखा प्रणाली नचल्दा निरास भएकाछन् ।
उनीहरु सडक, ढल तथा भौतिक सरचना मर्मतका काम सकेर सबै नगद भुक्तानीका लागि कागजपत्रसहित नगरपालिका कार्यालय आउँदा पनि भुक्तानी हुन सकेको छैन । नगरपालिकाबाट सडक मर्मतका लागि रकम भुक्तानीका लागि उनीहरु नगरपालिकाको कार्यालय धाउने गरेका हुन् । तर, स्थानीय तहको लेखा प्रणाली व्यवस्थित गर्ने सर्भर सूत्र केहि समयदेखि बिग्रिएकाले भुक्तानी पाएका छैनन् ।


भुक्तानीका काम रोकिँदा विभिन्न योजनाका भुक्तानी, कर्मचारीको तलबभत्ता र लेखाङ्न गर्ने लगायत काम रोकिएको छ । सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्वले २०७५ सालदेखि स्थानीय तथा प्रदेश सरकारको सञ्चित कोष व्यवस्थापन गर्न सूत्र कार्यान्वयनमा ल्याएको थियो । सर्भर सूत्र ह्याक हुँदा झापाका १५ स्थानीय तहको लेखा प्रणालीको काम रोकिएको एक साता जति भएको छ ।
मेचीनगर नगरपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख पदमबहादुर कार्कीले यहि पुस ४ गतेदेखि सर्भरमा समस्या आएको बताए । उनका अनुसार पहिलेका सबै काम गरेको सूत्र रि–ईन्ट्री गर्नु पर्दा दोहोरो झमेला थपिएको छ ।
कार्तिक र मंसिर महिनाका केहि डेटा नष्ट भएकोले रि–ईन्ट्री नभएसम्म चेक काट्न नसकिने उनको भनाई छ । लेखा प्रणाली सूत्रबाट भौचर बनाउन नपाउँदा चेक काट्न समस्या भएको कार्कीले बताए ।
मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले सामान्य आर्थिक कारोबार समेत गर्न नपाउँदा सेवाग्राहीलाई लेखा प्रणाली ठिक भएपछि आउन आग्रह गरेको बताए ।
स्थानीय तहको सर्भर ह्याक भएका कारण देशभरिका ७५३ वटै स्थानीय तहका सर्भरमा भएको डेटा नष्ट भएको छ । महालेखा नियन्त्रक कार्यालयको नियन्त्रणमा रहेको लेखा प्रणाली ‘सूत्र’ ह्याक भएको विषयमा सिआईवीले अनुसन्धान गरिरहेको बुझिएको छ ।
सर्भरमा समस्या आएपछि नगरपालिकाले पुस ६ गते आफ्नो वेभसाइटमा सुचना जारी गरेको छ । ‘एकहप्तादेखि नचलेको सर्भर शुक्रबारदेखि हल्का चल्न थालेको छ’ कार्कीले भने–‘पुराना खर्चको लेखा राख्ने काम रातीसम्म पनि धमाधम भईरहेकोले आउँदो सोमबार सम्ममा पुर्णरुपमा सर्भर चल्ने सम्भावना छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: