सर्लाहीका १४ वर्षीय बालकमा कोरोना संक्रमण

  प्रकाशित मिति
११ बैशाख २०७७, बिहीबार १८:१०


झापा । कोभिड–१९ को परीक्षण गर्दा सर्लाहीका एक जना बालकमा संक्रमण पुष्टि भएको छ ।

जनकपुरको प्रयोगशालामा कोरोनाको परिक्षण गर्दा १४ वर्षिय बालकको संक्रमण पुष्टि भएको हो ।
उनी गत चैत २३ गते भारतको नयाँ दिल्लीबाट घर फर्किएका थिए ।

दुई दिनअघि सर्लाहीको क्वारेन्टाइनमा रहेका ६५ जनार्को यापिड डाइग्नोस्टिक टेस्टबाट एन्टिबडी परीक्षण भएको थियो ।

परीक्षणका क्रममा उनमा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि नमूना जनकपुर ल्याइएको थियो ।

सर्लाहीको दक्षिण क्षेत्रमा पर्ने धनकौल गाउँपालिका ती किशोर क्वारेन्टाइनमा बस्दै आएका थिए ।

भारतबाट आएका उनलाई सुरक्षाकर्मीले क्वारेन्टाइनमा राखेका थिए ।

आरडीटीबाट एन्टिबडी परीक्षणमा पोजेटिभ नतिजा आएका ती किशोरमा नै कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: