सर्वसम्मत सभापति चयन गर्दै मेचीनगर कांग्रेस, अब दुई आकांक्षी मात्र बाँकी

  प्रकाशित मिति
४ आश्विन २०७८, सोमबार १९:५३


सुदय पनेरु ।

मेचीनर, ४ असोज । मेचीनगरमा नेपाली कांग्रेसले सर्वसम्मत नगर सभापति चयनका लागि प्रयास थालेको छ ।

नगर सभापति पदका ६ जना आकांक्षीमध्ये एक जनाको नाममा सहमति बनाउन पार्टीको क्षेत्रीय समितिले आज बैठक बसेरै पहल सुरु गरेको हो ।

धुलावारीमा बसेको सो बैठकले सर्वसम्मत सभापति चयन गर्ने भएपछि आकांक्षीहरु पनि सकारात्मक देखिएका थिए ।

बैठकबाट नेताहरुले दिएको निष्कर्षलाई सबै आकांक्षीहरुले स्वीकार गर्ने प्रतिबद्धता जनाएकाले सहमतिको प्रयास सफल बन्ने अनुमान गरिएको छ ।

पुष्प कार्की, योगराज थापा, नविन बराल, सुरेन्द्र बुढाथोकी र  धनकाजी खत्री ।

सभापति पदका लागि सुदय पनेरु, पुष्प कार्की, योगराज थापा, सुरेन्द्र बुढाथोकी, धनकाजी खत्री र नविन बराल आकांक्षी रहेका छन् ।

बैठकले सबै आकांक्षीहरुलाई यसपाली सर्वसम्मत नेतृत्व चयन गरेर उदाहरणीय बन्न आग्रह गरेको छ । तर आजको बैठक अन्तिम निष्कर्षमा पुग्न भने सकेन ।

विश्वस्त स्रोतका अनुसार छलफलको दायरा साँघुरो बनाएर अब दुई जना आकांक्षीमध्ये एक जनाको नाममा सर्वसम्मत गर्ने प्रयास सुरु भइसकेको छ ।

बैठकमा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, पार्टीका जिल्ला सचिवहरु ताराबीर कटुवाल र प्रेम सम्बाहाम्फे, पार्टीका जिल्ला प्रवक्ता लोकराज ढकाल, क्षेत्रीय सभापति मणिकुमार उप्रेती, नगर सभापति इन्द्र बुढाथोकी, जिल्ला सदस्य पुष्प पौडेल, जिल्ला सदस्य तेजप्रसाद चौलागाई, नगरपालिकाका मेयर विमल आचार्य लगायतको सहभागिता रहेको थियो ।

महामन्त्री पदका उम्मेद्वार शर्मा समेत आफ्नो गृहनगरमा सर्वसम्मत नेतृत्व चयन भएको हेर्न चाहन्छन् ।

सहमतिको पहल जारी रहने र सम्भवतः मंगलवार मेचीनगरमा सहमतिबाट सभापतिको चयन हुने सम्भावना रहेको स्रोतको दावी छ ।

सहमतिबाट एक जनाको नाम सभापति पदमा अनुमोदन भए अरु नामलाई कहिँ न कहिँ व्यवस्थापन गरिने पार्टीका नेताहरुले आश्वासन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: