सर्वसाधारणको गुनासोपछि पीसीआरको स्वाब संकलन गर्ने स्थान व्यवस्थित

  प्रकाशित मिति
११ माघ २०७८, मंगलवार १२:०१


झापा, ११ माघ । मेची अस्पतालले आजदेखि पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने केन्द्रलाई सफा र फराकिलो स्थानमा सारेर व्यवस्थित गरेको छ ।

विगतमा स्वाब संकलन गर्ने स्थान अव्यवस्थित र फोहोर स्थानमा रहेको सर्वसाधारणको गुनासो आएपछि सामबारदेखि अस्पतालको ओपीडी कक्ष अगाडि सारिएको अस्पतालका मेडिकल सुपरीटेन्डेन डा. टंक बारकोटीले बताए ।

उनले स्वाब संकलनका लागि आउने सर्वसाधारणलाई भौतिक दुरी कायम गरेर पंक्तिबद्ध हुन र स्वास्थ्यकर्मीलाई स्वाब लिन समेत सजिलो हुने गरी नयाँ स्थानको व्यवस्था गरिएको बताउनुभयो । मेडिकल सुपरीटेन्डेन डा.बाराकोटीले जिल्लामा कोभिड १९ को जोखिम बढिरहेको हुँदा अस्पतालमा दैनिक ७० जना बढीको पीसीआर परीक्षण गरिरहेको जानकारी दिए ।

यसअघि अस्पतालले स्वाब संकलन गर्दै आएको स्थान साँघुरो, फोहोर र अव्यवस्थित रहेको थियो । अस्पतालले विगतमा अनुपयुक्त भनेर प्रयोगमा नल्याएको जिर्ण भान्सकोठा, अस्पतालको प्रसुति गृह र आँखा उपचार कक्षका लागि प्रयोग हुँदै आएको शौचालयको सेफ्टी ट्यांकी नजिक स्वाब संकलन गर्दै आएको थियो ।

मेची अस्पतालले जिल्लामा दुई स्थान पीसीआर ल्याब सञ्चालन गर्दै आएको छ । एउटा अस्पतालमै र अर्को कनकाई नगरपालिकास्थित कोटीहोममा सञ्चालनमा छन् । उहाँले हाल दुवै ल्याबमा गरी दैनिक २५० जनाको पीसीआर हुँदै आएको जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: