सर्वोच्चमा ओलीको जवाफ : देउवालाई अदालतले प्रधानमन्त्री नियुक्त गर्न मिल्दैन

  प्रकाशित मिति
३ असार २०७८, बिहीबार १४:२१


झापा, ३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सर्वोच्च अदालतले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने बताएका छन् ।

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा अदालतले मागेको जवाफ पठाउँदै उनले लेखेका छन्, ‘अदालतले संविधान र कानूनको व्याख्या गर्ने हो, व्यवस्थापिका वा कार्यपालिकाको भूमिका निर्वाह गर्न सक्दैन ।’

संविधानको धारा ७६ (५) मा प्रधानमन्त्री नियुक्ती गर्ने अधिकार राष्ट्रपतिबाहेक कसैलाई नरहेको प्रधानमन्त्री ओलीको दावी छ ।

धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्रीमा नियुक्तिका लागि दावी गर्नेले विश्वासको मत पाउने अवस्था थियो वा थिएन भनी परीक्षण प्रतिनिधिसभा वा अदालतमा हुने कुनै परिकल्पना संविधानले नगरेको ओलीको तर्क छ ।

विपक्षीको माग पूरा हुँदा एमाले सत्ता पक्ष हुने कि प्रमुख प्रतिपक्षी ? भन्दै ओलीले उल्टै प्रतिप्रश्न गरेका छन् ।

‘शेरबहादुर देउवा नेकपा (एमाले) कै सांसदको समर्थनमा प्रधानमन्त्री बन्दा मैले नेतृत्व गरेको नेकपा (एमाले) सत्तापक्ष हुन्छ कि प्रतिपक्ष ?’ ओलीले लेखेका छन्, ‘एउटै दल सत्तापक्ष र प्रतिपक्ष दुबै हुन सक्दैन ।’

आफूले ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्त हुने वैधानिक अपेक्षा राखेको पनि ओलीले उल्लेख गरेका छन् । उनले प्रतिनिधिसभा विघटन सर्वोच्च अदालतको आदेश अनुरुप नै भएको जिकिर पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: