सवारी जाँच कि दूव्र्यवहार

  प्रकाशित मिति
३१ बैशाख २०७४, आईतवार १२:१६


जब एक नागरिकले आफ्नै करवाट पालितपोषितहरुद्वारा विभिन्न वहानामा दूव्र्यवहारको सामना गर्नुपर्दछ त्यसवेलाको उसको अनुभूति कस्तो होला सहजै अनुमान गर्न सकिन्छ । कर्तब्य पालनको नाममा खटिएका र खटाइएकाहरुका लागि यो सामान्य लाग्न सक्न किनकि सिनियर पुलिस अफिसरलाई आफ्नै मातहतकाले गरेको ब्यवहार पनि उनकै मुखवाट सुनिएको छ ।

राज्य सञ्चालनमा वसेकाहरु खुलेआम सर्वोच्चको आदेश नमान्ने हदसम्मको अभिब्यक्ति दिन्छन् । यस्तो अवस्थामा तल्लोतहको भूमिका निर्वाह गर्नेले गर्ने दुव्र्यवहार उसको स्वयम् भन्दा पनि उसलाई प्राप्त निर्देशन र निर्देशन दिने अधिकारी वढी जिम्मेवार देखिन्छ । तर त्यसको जिम्मेवारी लिन कोही तयार देखिदैन मानौ गल्ती महसुस गर्नु र सच्चिनु वदनामी हो बरु सत्य कुरा ढाकछोप गर्नु मानिसलाई गुमराहमा पार्नु वुद्धिमानी हो ।

सवारी चेकजाँचको काममा तालिम तथा आवश्यक प्रक्रिया नपुर्याई जव युवालाई सड्कमा राखिन्छ त्यस वेला उसले के परिणाम दिन्छ होला । निर्वाचनको लागि नियुक्त गरिएका म्यादी प्रहरीलाई यतिवेला सवारी साधन चेकजाँचको जिम्मेवारी दिइएको छ । आवागमन हुने सवारीको सङ्ख्या भन्दा २० औँ गुणा म्यादी युवा सडकको चोकमा राखिएको छ । कोही यात्री आउने वित्तिकै उ हाकिमको आदेश मान्दै अभद्र शैलीमा यात्रीलाई रोक्दछ र कागजातको माग गर्दछ । कहाँवाट किन आएको जस्ता संविधानले दिएको ब्यक्तिको आवागमन स्वतन्त्रता समेतको ख्याल गरिदैन । अझ पोशाक समेत नलगाई मात्र डण्डाको भरमा हाकिमको आदेशपालना गर्न वाध्य भएको छ । लोकतन्त्र भनिएको शासन ब्यवस्थाको यो चाला देखेर यात्रु आफू दूब्र्यवहारमा परेको महसुस गर्नु के नाजायज हो ?

माथि उल्लेखित विवरण वैशाख २८ गते विहिवार करिव ४ वजे अपरान्ह होटल रियाजमा कार्यक्रम सम्पन्न गरेपछि कार्यालय फर्कने क्रममा (काँकरभिट्टा) भट्टराई चोकमा सवारी चेकजाँचका नाममा भएको घटना हो । मानौ उ आदेश दिने हो र यात्रु आदेशपालक । किन भन्ने प्रश्न गर्दा नै चावी वन्द गर्नेसम्मको शिक्षा दिइएको हो या उसको आफ्नै कला हो । भन्ने वित्तिकै नरोकेकोमा उ कड्किएर प्रस्तुत हुन्छ, मोटरसाइकल रोकिन समय लाग्छ भन्ने ज्ञान समेत उसलाई दिइएको छैन । यो त मेरो कुरा भयो । मेरो हकमा यस्ता घटनाले केही महत्व नराख्ला तर आम मानिसका हकमा यसले त्रास सिर्जना गर्दछ । के सडक चेक जाँचको नियमावली छैन ? कसले सवारी चेकजाँच गर्ने हो जिम्मेवारी छैन ? करिव १०० को सङ्ख्यामा सवारी रोक्ने त्यो समूहको निर्माण र परिचालन आवश्यकताका आधारमा गरियो कि लहडका भरमा ? के प्रयोजनको लागि निर्माण गरियो र के गरिदैछ त्यसको जवाफदेहिता कसैले लिन पर्दैन ?

यस घटनामा म्यादी प्रहरीका रुपमा जागिर खाएको युवाहरुको भन्दा तिनीहरुलाई कार्यादेश दिने अधिकारी वढी जिम्मेवार छ । देशमा भएको वेरोजगारको समस्याका कारण उच्च शिक्षा लिएकाहरु समेत केही हजारको लोभमा केही दिनका लागि जागिर खान वाध्य भएका छन् । अन्योल भविष्यका माझ अत्यन्त छोटो अवधिको जागिर त्यही माथि पनि सवारी जाँच जस्तो कठिन कार्य दिई चर्को घाममा दिनभरी चोकमा राख्नु उसका लागि सजाय सरह हुन्छ । यस्तो अवस्थामा उसले गर्ने कामवाट प्राप्त प्रतिफल कस्तो होला र यसप्रति कठोर टिप्पणी गर्नु पनि अन्याय हुन जान्छ ।

निर्वाचनको मिति पक्का नभइकन म्यादी भर्ना गर्नु नै गलत थियो । एक गल्ती त भई गयो तर निर्वाचनका लागि नियुक्ति गरिएका म्यादीका लागि उसको शिप र दक्षता वाहेकको कार्य लगाउनु अर्को गल्ती थियो । यो घटना पश्चात प्रहरी अधिकारीवाट जनपथसँगै काम सिकाइएको भन्ने कुरा मिडियामा आएको छ । यदि हो भने यसले अझ हानिकारण परिणाम निम्त्याउन सक्दछ । उसलाई काम सिकाउँदा निर्वाचनका लागि उपयोगी काम सिकाउनु पर्यो । भोलि आउने जिम्मेवारी निर्वाचन सम्वन्धी कार्य हो न कि सवारी चेक जाँच । वरु त्यो भन्दा त सिमामा राख्ने हो भने तस्करी नियन्त्रण हुन मदत पुग्थ्यो (?) होला । निर्वाचन शिक्षा अपर्याप्त भएको भन्ने आम सञ्चार माध्यमवाट आइरहँदा वरु निर्वाचन शिक्षाको काम गराउँदा राम्रो हुन्थ्यो । त्यति पनि गर्न नसक्ने हो भने वरु निश्चित अवधिभर घर विदामा पठाइदिदा राम्रो हुन्थ्यो । यस्तै ब्यवहार म्यादीलाई गर्न लगाउने र जागिर पश्चात आफ्नै गाउँघरमा फर्कन पर्दा सामाजिक सम्वन्ध कस्तो होला भन्ने तर्फ स्वयम् म्यादी प्रहरीमा हाल कार्यरत भाइवैनीहरुले समेत ख्याल गर्दा राम्रो होला ।

समग्रमा यो समस्याको जड मुहान नै हो अर्थात राज्य सञ्चालनमा वसेका ब्यक्तिहरु जिम्मेवार छन् । राज्य सञ्चालनमा वस्नेहरुको अयोग्यताले अनास्था पैदा गर्दछ र त्यही अनुसार अराजकता पैदा हुन्छ । यो हरकत गर्नका पछाडि यिनीहरुको के स्वार्थ छ भन्ने विषयमा अव छलफल अगाडि बढ्ने वेला भएको छ । यो देश केही नेताहरुको मात्रै हैन, सवैको हो । अझ भन्ने हो भने यो देश भावी पुस्ताको नासो हो । भावी पुस्ताको नासो ध्वस्त गर्ने अधिकार कसैलाई छैन, सके अर्काको नासोे यो भन्दा राम्रो अवस्थामा जिम्मा दिने हो नत्र नविगारी जस्तो आफुले लिएको हो त्यही अवस्थामा फिर्ता गर्नु पर्ने हो । हिंसाप्रियहरुका लागि यस्ता ब्यवहार सामान्य होलान् तर आम मानिसका लागि भने हिंसा प्रिय हँुदैन ?

लोकतन्त्र भन्ने मात्र हैन, यस्को चित्त वुझ्दो जवाफ हामीलाई चाहिएको छ । किन बैसाख ३१ गतेका लागि चुनाव घोषणा गरियो र किन गरिएन ? किन म्यादी प्रहरी नियुक्त गरियो ? निर्वाचनलाई लक्षित गरी नियुक्त म्यादी प्रहरीलाई किन सवारी चेकजाँच जस्तो जिम्मेवारी दिइयो ? यस्को चित्त वुझ्दो जवाफ दिए मात्र लोकतन्त्र हो । लोकतन्त्रका नाममा जथाभावी गर्ने अधिकार कसैलाई हुँदैन । लोकतन्त्रमा हिंसा र दूब्र्यवहार ग्राह्य हुँदैन । कसैलाई लाञ्छित गर्ने यो आलेखको अभिप्राय छैन । गल्ती हुन्छन् मानिसवाट, गल्ती उजागर गर्नु हाम्रो काम हो । गल्तीलाई महसुस गर्दै गल्तीवाट सिक्नका लागि यो पृष्ठपोषण हुनसक्ला । कोही सच्चिएलान् भन्ने आशा त कमै मात्र छ । जे भए पनि यो पीडाको अभिब्यक्ति हो, सुधार नभए पनि पीडाको अभिब्यक्तिले मन हलुका हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: