मेचीनगर । पूर्व पश्चिम राजमार्गको मेचीनगर १० नेम्वाङ पेट्रोलपम्म अगाडि भएको सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अपरान्ह ३ बजे भएको दुर्घटनामा मृत्यु हुनेमा मेचीनगर ४ की ३२ बर्षीया ऋतु प्रधान रहेकी छिन् ।
उनी सवार मे ६ प ६५८ नम्बरको मोटरसाइकललाई काँकरभिट्टाबाट धरानतर्फ गइरहेको को १ ख २२०३ नम्बरको कोशी यातायातले ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् । घाइते प्रधानको उपचारको क्रममा विर्तामोडस्थित विएण्डसी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा उनका श्रीमान नवराज प्रधान र छोरा इरान प्रधान पनि सवार थिए । नवराज र इरान प्रधान भने सामान्य घाइते रहेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।
झापामा ९ दिनमा सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भइसकेको जिल्ला ट्राफिक कार्यालय झापाले जनाएको छ । सवारी दुर्घटना बढी हुनुमा साँघुरो सडक नै रहेको ट्राफिक कार्यालयका प्रमुख राजेश राईले बताए ।