भद्रपुर । पूर्व पश्चिम राजमार्गको कनकाई नगरपालिका–१ दुर्गापुरमा जिल्ला प्रशासन कार्यालय झापाको गाडीले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पाँचथर नागी–६ घर भई हाल कनकाई –१ कालीमोडामा डेरा गरी बस्ने ४० बर्षीय उमेश हिङमाङ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार पश्चिमबाट पूर्व आउँदै गरेको जिप्रकाको निलो रङकोे सरकारी नम्बर प्लेट भएको ६६–१–०४१४ नम्बरकोे गाडीले विपरीत दिशाबाट आउँदै गरेका साइकलयात्रीलाई विहीबार राति ठक्कर दिएको थियो ।
गाडीको ठक्करबाट गम्भीर घाइते भएका हिङमाङको उपचारका क्रममा विर्तामोडस्थित बीएण्डसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । गाडीसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।