सवारी साधान व्यवसायीहरुको भेला चितवनमा

  प्रकाशित मिति
२५ पुष २०७२, शनिबार ०६:४५


काँकरभिट्टा । नेपाल यातायाता स्वतन्त्र मजदुर सङ्गठनसँग आबद्ध साना तथा मझौला सवारी साधान व्यवसायीहरुको भेला चितवनको गैडाकोटमा सम्पन्न भएको छ ।

चितवन गैँडाकोट घोषण पत्र जारी गर्दै भेला सम्पन्न भएको हो । देशभरका व्यवसायीहरुको भेलाले सवारीसाधन सञ्चालनको व्यवस्थापन, विधान, नीतिनियमका बारेमा छलफल भएको थियो ।

उक्त भेलाले साना तथा मझौला सवारीसाधनलाई व्यवस्थित रूपमा सञ्चालन गर्न र नीति नियमका बरेमा विधान निर्माण गर्ने निर्णय गरेको छ । मेची अञ्चलबाट नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन मेचीनगरका अध्यक्ष खडानन्द भण्डारीको नेतृत्वमा शिव अधिकारी र सन्तेषकुमार राई सहभागी भएका थिए ।

भण्डारीका अनुसार सङ्गठनका केन्द्रीय उपाध्यक्ष ठाकुरप्रसाद श्रेष्ठको अध्यक्षताम १३ सदस्यीय समिति गठन भएको छ । जसको सदस्यमा मेचीबाट भण्डारी र अधिकारी चयन भएका छन् । मेचीनगर–११ काँकरिभट्टा निवासी भण्डारी विभिन्न संस्थामा आबद्ध क्रियाशिल व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: