सवैधानिक परिषद्मा बहुमतबाट सिफारिस गर्ने अध्यादेश जारी

  प्रकाशित मिति
३० मंसिर २०७७, मंगलवार १९:३९


झापा, ३० मंसिर । सवैधानिक परिषद् ऐन संशोधन गर्नेगरि मंगलबार जारी अध्यादेश राजपत्रमा प्रकाशित भएको छ । अध्यादेशले हाल कायम रहेको निर्णयमा सर्वसम्मत हुने व्यवस्थालाई हटाएर बहुमतीय बनाएको छ ।

यस्तै, गणपुरक संख्याका लागि यसअघि अध्यक्ष र कम्तीमा चार सदस्य उपस्थित हुनुपर्ने व्यवस्था रहेकोमा अब अध्यक्षसहित तत्काल बहाल रहेका बहुमत सदस्यको उपस्थि भएमा परिषदको बैठक बस्न सक्नेछ । हाल पाँचमध्ये चारमात्र सदस्य छन् ।

यसर्थ अध्यक्षसहित अन्य तीन सदस्य उपस्थित भएमा बैठक राख्न गणपुरक संख्या पुग्नेछ । अहिले परिषदमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष र विपक्षी दलका नेतामात्र छन् । उपसभामुखको पद रिक्त छ ।

अध्यादेशले सर्वसम्मतिका आधारमा निर्णय हुने व्यवस्था परिमार्जन गरेको छ । अध्यक्षसहित तत्काल बहाल रहेका सदस्यको बहुमतबाट सिफारिसको निर्णय हुनेछ ।

(पहिलोपोष्ट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: