सशस्त्रका ३४ वर्षीय इन्स्पेक्टरको कोरोनाबाट मृत्यु

  प्रकाशित मिति
१० मंसिर २०७७, बुधबार ०९:१५


झापा, १० मंसिर । सशस्त्र प्रहरी बलका ३४ वर्षीय प्रहरी निरीक्षक नवीन बुढाथोकीको कोरोना संक्रमणका कारण मंगलवार मृत्यु भएको छ ।

सशस्त्र प्रहरी बल ३ नम्बर गण मोरङमा कार्यरत उनलाई कार्तिक २७ गते विराटनगरको विराट मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको थियो ।

उच्च ज्वरो र श्वासप्रवासमा समस्या देखिएका उनलाई भेन्टिलेटरमा राखिएको थियो । पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पोजिटिभ देखिएको थियो ।

बुढाथोकी तेह्रथुमको म्याङ्लुङका हुन् । २०६८ सालमा उनी सशस्त्र प्रहरी निरीक्षक भएका थिए ।

यसअघि सशस्त्र प्रहरीमा कसैको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको थिएन ।

दिनहुँ व्यायाम गर्ने तन्दुरुस्त बुढाथोकीमा कुनै दीर्घ तथा जटिल रोग थिएन ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: