मेचीनगर, ९ भदौ । काँकरभिट्टाका दुई जना महिला सशस्त्र प्रहरी कोरोना भाइरसको संक्रमण जितेर घर फर्किएका छन् ।
आज धरान स्थित कोभिड अस्पतालबाट उनीहरु कोरोना जितेर घर फर्किएका हुन् ।
२६ र २३ वर्षीया ती महिला प्रहरीहरु सशस्त्र प्रहरी बल नेपाल वोडर आउट पोस्ट काँकरभिट्टामा कार्यरत थिए ।
कोरोना संक्रमित १०६ जना मध्ये निको भएर घर फर्किनेमा ९८ जना रहेको मेचीनगर नगरपालिकाका सामाजिक विकास समिति संयोजक नवीन वरालले जानकारी दिए ।
उक्त पोष्टमा कार्यरत ३२ जना सशस्त्र प्रहरीमा संक्रमण पुष्टि भएको थियो । आजसहित निको भएर ३० जना घर फर्किएको उनले बताए ।
अब मेचीनगरका १६४ जनाको स्वाबको नमुनाको रिपोर्ट आउन बाँकी रहेको नगरपालिकाले जनाएको छ ।