सशस्त्र प्रहरीको गणमै पुग्यो एटीएम सेवा

  प्रकाशित मिति
२० भाद्र २०७८, आईतवार १३:१८


भद्रपुर, २० भदौ । सशस्त्र प्रहरी बलको भद्रपुरस्थित २ नं. गणमा मेगा बैंकले एटीएम सुविधा पुर्याएको छ ।

गणको मूलढोका बाहिर सुरु भएको एटीएम सेवाको आज एक समारोहबीच सशस्त्र प्रहरी बल २ नं. हेडक्वाटरका सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेले उद्घाटन गरे ।

सो अवसरमा बैंकका प्रदेश नं. १ का मेनेजर विवेक न्यौपाने लगायतको उपस्थिति थियो ।

कोरोना महामारीका बेला बैंकबाट नगद झिक्न सजिलो होस् भनेर मेगा बैंकले एटीएम राखिदिएको पाण्डेले बताएका छन् ।

गणमा आवद्ध ६०० भन्दा बढीले बैंकमा खाता खोल्ने र एटीएम लगायतको सुविधा उपयोग गर्ने आशा गरिएको बैंकका प्रादेशिक मेनेजर न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: