सहकर्मीको स्मृतिमा कार्यालय विदा गर्ने कर्मचारीको निर्णय

  प्रकाशित मिति
२९ जेष्ठ २०७७, बिहीबार २२:१५


मेचीनगर । नेपाल नगरपालिका कर्मचारी एशोसिएसन इकाई समिति मेचीनगरले सहकर्मी कर्मचारीको निधनमा शुक्रबार शोक सभासहित कार्यालय विदा गर्ने निर्णय गरेको छ ।

सहकर्मी कर्मचारीको निधनमा गर्ने भनिएको शोक विदा नगरपालिकाले नदिएपछि मेचीनगरकाको कर्मचारी एशोसिएसनले शोक सभासहित कार्यालय विदा गर्ने निर्णय गरेको हो ।

मेचीनगर–७ को वडा कार्यालयका कर्मचारी स्व.सन्तोष पराजुलीको १०औं पुण्य तिथिका दिन एशोसिएसनले शोक सभासहित कार्यालय विदा गर्ने सूचना जारी गरेको छ । कर्मचारी पराजुलीको यही जेठ २१ गते दिन निधन भएको थियो ।

नगर नेतृत्वबाट शोक विदा स्वीकृत नगरिएपनि जारी पूर्व सूचना अनुरुप कर्मचारीहरुले शुक्रबार कार्यालयमा हाजिरी नगरी विदासहित औपचारिक रुपमा शोकसभा गर्ने इकाई समिति अध्यक्ष रविनसन थापा मगरले जानकारी दिए ।

‘हामीले यसबारेमा नगरप्रमुखलाई जानकारीसहित नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र सबै वडा कार्यालयलाई बोधार्थ दिएका थियौं’ उनले भने–‘तर, दिउँसो १ बजेपछि मात्र शोक विदा दिने भन्ने सुनेका छौं, त्यसैले एकदिन कार्यालयको कामकाज ठप्पै पार्छौं ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: