सहकारीको चुनावी परिणाम

  प्रकाशित मिति
२ फाल्गुन २०७२, आईतवार ०६:३७


विर्तामोड । सहकारी संस्थाहरुको छाता संस्था झापा जिल्ला सहकारी सङ्घको शनिवार निर्वाचन सम्पन्न भएको छ । महिला सदस्य तीन, क्षेत्रीय सदस्य दुई र लेखा समिति सदस्य एक पदका लागि निर्वाचन भएको हो ।

मत परिणाम अनुसार महिला सदस्यमा तुलसा कुँवर (१८१), मीनाकुमारी ढकाल (१५४) दुर्गा खतिवडा (१३७) निर्वाचित भएका छन् । पवित्रादेवी महतरा (११५), तुलसा खरेल (५२), लक्ष्मीदेवी न्यौपाने (४३) भने सदस्यमा पराजित भए ।

त्यस्तै, २ नम्बर क्षेत्रबाट ४४ मत ल्याएर कृष्णप्रसाद मिश्र निर्वाचत भएका छन् । उनका प्रत्यासी केशव बस्नेतले २७ मत ल्याए । क्षेत्र नम्बर ३ बाट २० मत ल्याएर खडानन्द गुरागाईं सदस्यमा निर्वाचित भएका छन् । उनका प्रत्यासी बुद्धिप्रसाद खरेलले १४ मत ल्याए ।

त्यस्तै, लेखा समिति सदस्यमा चुडामणि ओझा निर्वाचित भएका छन् । उनले १८१ मत ल्याए । गोविन्दप्रसाद बोहोराले ३८ र देवीप्रसाद ओली १६ मत ल्याएर पराजित भए । सहमति जुट्न नसकेपछि ती पदमा मतदान भएको हो ।

निर्वाचन भएसँगै समितिले पूर्णता पाएको छ । यसअघि नै अध्यक्षमा गणेश ढकाल, उपाध्यक्ष महेन्द्रकुमार गिरी, महिला उपाध्यक्ष गीता कुँवर, सचिव युवराज ढकाल, सहसचिवमा भवानीप्रसाद दङ्गाल लगायत अन्य केही पदमा सहमतिबाटै निर्वाचित भइसकेका छन् । संघमा ४१५ प्रतिनिधि रहेकोमा २३९ मत खसेको निर्वाचत समितिका संयोजक उमानाथ ओलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: