सहकारीको नयाँ नेतृत्वद्वारा पदभार ग्रहण

  प्रकाशित मिति
१४ फाल्गुन २०७२, शुक्रबार ०५:१९


sahakari

विर्तामोड । झापा जिल्ला सहकारी सङ्घको नयाँ नेतृत्वले विहीवार शपथसहित पदभार ग्रहण गरेको छ । सङ्घको १९ औँ साधारणसभाले गणेश ढकालको अध्यक्षतामा नयाँ कार्य समिति र भलाकाजी कठेतको संयोजकत्वमा लेखा समिति निर्वाचित गरेको थियो ।

नव निर्वाचित जिल्ला कार्य समिति र लेखा समितिलाई निर्वाचन संयोजक उमानाथ ओलीले विहीवार न्यू सेन्टर पोइन्ट पार्टी प्यालेसमा आयोजित कार्यव्रmममा शपथग्रहण गराएका छन् ।

कार्यव्रmममा निवर्तमान अध्यक्ष हरिचरण वानियाले नवनिर्वाचित अध्यक्ष गणेश ढकाललाई माइन्यूट दिएर पद हस्तान्तरण गरेका थिए ।

राष्ट्रिय सहकारी वैङ्कका केन्द्रीय लेखा समिति सदस्य एवम् लक्ष्मी उप्रेतीको प्रमुख आतिथ्यतामा भएको कार्यव्रmममा राष्ट्रिय सहकारी सङ्घका सञ्चालक रामचन्द्र उप्रेती, नेपाली काङ्ग्रेसका जिल्ला सदस्य लक्ष्मण खड्का, एकीकृत माओवादीका कुवेर श्रेष्ठ, नेपाल पत्रकार महासङ्घका पूर्वाञ्चल संयोजक गणेश पोख्रेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सङ्घका सचिव युवराज ढकालले उद्घोषण गरेको कार्यव्रmममा नयाँ कार्य समितिका तर्फबाट सङ्घको शेयर वृद्धिको प्रतिबद्धता समेत व्यक्त गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: