‘सहकारीको नेतृत्वमा जाने सोच बनाएको छु’

  प्रकाशित मिति
२६ माघ २०७२, मंगलवार १५:१५


mahendra 12
विर्तामोड । झापाको सहकारी क्षेत्रमा नमुनायोग्य काम गरेर प्रशंसा बटुल्दै आएका सहारा नेपाल बचत तथा ऋण सहकारी (सहारा नेपाल साकोस)का प्रमुख कार्यकारी निर्देशक तथा सचिव महेन्द्रकुमार गिरीले जिल्ला सहकारी सङ्घको उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
यही फागुन १ गते हुने झापा जिल्ला सहकारी सङ्घको निर्वाचन हुँदैछ । सङ्घको अध्यक्ष र सचिव पदमा व्रmमशः गणेश ढकाल र युवराज ढकाल सर्वसम्मत चयन भइसकेका छन् ।

सोमवार उम्मेदवारी दर्ता गर्दा अन्तिम १५ मिनेटको समयसम्म उनको मात्र एक्लो उम्मेद्वारी परेपछि गिरी सर्वसम्मत बन्ने लगभग पक्का जस्तै थियो । तर उम्मेदवारी दिने अन्तिम केही मिनेट बाँकी रहँदा अरु एक जनाको उम्मेदवारी पर्यो ।

जिल्लाकै सबैभन्दा धेरै सदस्य रहेको र आर्थिक कारोवारका दृष्टिले समेत ठूलो सहारा नेपाल साकोसलाई नमुनायोग्य बनाउन कार्यकारी प्रमुख गिरीले नै मुख्य भूमिका निर्वाह गरेको मानिन्छ ।

जीवनको उर्वर समय सहकारी अभियानमा खर्चेका गिरी यस अघि कहिल्यै पदको अभिलाषा राखेर चुनावी मैदानमा उत्रिएको पाइँदैन । गिरी आखिर किन अहिले चुनावमा जाँदैछन् त ? भन्ने प्रश्न उनका शुभचिन्तकहरू नै गर्छन् ।

सङ्घको अध्यक्ष पदमा सर्वसम्मत हुनु अघि गणेश ढकाल र हरिचरण बानियाँ दुबै जनाले गिरीलाई उपाध्यक्ष पदमा आइदिन आग्रह गरेका थिए । यही आग्रह बमोजिम गिरी यसपाली उपाध्यक्षको उम्मेदवार बन्ने चर्चा परिचर्चा निकै दिन अघिदेखि चलेको थियो ।

‘मलाई उपाध्यक्षमा आउनु पर्छ भनेर प्रेरित गर्नेहरू आदरणीय अग्रज हरिचरण बानियाँ र सर्वसम्मत रुपमा नवनिर्वाचित अध्यक्ष गणेश ढकाल नै हुनुहुन्छ’, लोकतन्त्र पोस्टसँगको कुराकानीमा गिरी भन्छन्–‘तपाइँ आउनै पर्छ भनेर अग्रजहरूले नै आग्रह गरेपछि मैले स्वीकार गरेको हुँ ।’

आफु आवद्ध रहेको सहारा नेपाल साकोसको सफल नेतृत्व गरेका गिरीले सबैको समर्थनबाट अब सङ्घको नेतृत्व तहमा रहेर झापा जिल्लालाई नै सहकारी अभियानको नमुना बनाउने लक्ष्य लिएको बताएका छन् ।

‘आफु आवद्ध सहकारीको मात्र उन्नति गरेर पुग्दैन’, गिरी आफ्नो भिजनबारे प्रस्ट पार्दै भन्छन्–‘त्यसैले सहकारी सङ्घको नेतृत्वमा जाने सोच बनाएको हुँ ।’

उपाध्यक्षका उम्मेदवार गिरीले अर्का प्रत्यासीले उम्म्ेदवारी फिर्ता लिने समय बाँकी रहेकाले आफु सर्वसम्मत बन्ने विश्वास लिएको समेत व्यक्त गरेका छन्

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: