मानव साङ्लोमा हजारौँ सहकारीकर्मी

  प्रकाशित मिति
१८ असार २०७३, शनिबार १०:०१


manav sanglo

विर्तामोड । ९४ औँ अन्तर्राष्ट्रिय सहकारी दिवसको सन्दर्भ पारेर शनिवार सहकारीकर्मीले मुलुकभर अभूतपूर्व मानव साङ्लो प्रदर्शन गरेका छन् ।

प्रत्येक जुलाई महिनाको पहिलो शनिवार विश्वभर अन्तर्राष्ट्रिय सहकारी दिवस एकसाथ मनाइँदै आएकोमा यसवर्ष नेपालमा मानव साङ्लो प्रदर्शन गरिएको हो ।

राष्ट्रिय सहकारी सङ्घको आव्हान तथा झापा जिल्ला सहकारी सङ्घको व्यवस्थापनमा सहकारीकर्मीले झापाको सुदूरपूर्व मेची पुलदेखि पश्चिम मावा पुलसम्म विहान ७ बजेदेखि लाम लागेर शक्ति प्रदर्शन गरेका छन् ।

‘सहकारी दिगो भविष्यको कार्य शाक्ति’ भन्ने नाराका साथ यो दिवस मनाइएको सङ्घका जिल्ला अध्यक्ष गणेश ढकालले बताए ।

काँकरभिट्टामा आयोजित संक्षिप्त कोणसभामा बोल्दै जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले सहकारीमैत्री ऐन जारी गर्न दबाब दिने उद्देश्यले मानव साङ्लो प्रदर्शन गरिएको बताए । यस अभियानमा झापाका २० हजार भन्दा बढी सहकारीकर्मी राजमार्गमा उतारिएको उनको भनाई छ ।

विर्तामोड र दमकमा पनि कोणसभा गरिएका छन् । सहकारीकर्मीहरु आफ्नो संस्थाको पहिचान झल्काउने पहिरनमा राजमार्गमा लामबद्ध भएका थिए ।

झापा जिल्ला सहकारी संघकी सदस्य दुर्गा खतिवडाले कार्यक्रममा महिला अधिक महिला सहभागिता रहेको र यसबाट सहकारीकर्मीविच एकता र सहकार्यको सन्देश प्रवाहित भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: