सहकारीलाई राष्ट्र बैङ्कको इजाजत खारेजीले केही फरक पर्दैन : एनएमसी

  प्रकाशित मिति
१८ असार २०७४, आईतवार ०७:५२


yubaraj khatiwada
पूर्व गभर्नर डा. युवराज खतिवडा एनएमसीको एक कार्यक्रममा ।

मेचीनगर, १८ असार । नेपाल राष्ट्र बैङ्कले बैङ्किङ कारोवार गर्न दिएको इजाजत रद्द गरेको सूचना जारी गरेपछि प्रतिक्रिया दिँदै नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले त्यसबाट संस्थाको नियमित कारोवारमा कुनै असर नहुने जनाएको छ ।

राष्ट्र बैङ्कले असार १५ गते गोरखापत्रमा र असार १६ गते कान्तिपुर दैनिकमा सूचना प्रकाशित गरी एनएमसीलाई दिइएको सीमित बैङ्किङ कारोवारको इजाजत रद्द गरिएको उल्लेख गरेको थियो ।

शनिवार अपरान्ह काँकरभिट्टास्थित एनएमसीकै मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले एनएमसी सहकारी ऐन अन्तर्गत दर्ता भएको र त्यसै अनुरुप चल्ने भएको हुँदा नेपाल राष्ट्र« बैङ्कले इजाजत दिनु र नदिनुले संस्थाको कारोवारमा कुनै फरक नपर्ने बताए ।

‘सहकारीहरु सहकारीकै मापदण्ड, ऐन र नियमबाट चल्ने गर्छन्’, अध्यक्ष उप्रेतीले राष्ट्र« बैङ्कको कदमलाई सामान्य रुपमा लिदै भने–‘सहकारीबाट मोनिटरिङको हात झिक्दै जाने राष्ट्र बैङ्क आफ्नै नीति छ, यसबाट हामीले गरिररहेको कारोवारमा कहिँ कतै पनि किञ्चित पनि तलमाथि हुँदैन ।’

nmc press meet
पत्रकार सम्मेलनमा इजाजत खारेजी प्रकरणका विषयमा संस्थागत धारणा राख्दै एनएमसीका अध्यक्ष रामचन्द्र उप्रेती ।

उनले संस्थाले आफ्नो डकुमेन्टहरुबाट ‘नेपाल राष्ट्र बैङ्कबाट इजाजत प्राप्त’ भन्ने व्यानर स्लोगन हटाउने र सहकारीको नियम बमोजिम आफ्ना बचत, निक्षेप र कर्जा कारोवार यथावत सञ्चालन गर्ने बताए ।

राष्ट्र बैङ्कले असार १५ र १६ गते पत्रपत्रिकाहरुमा प्रकाशित गरेको सूचनामा एनएमसीको इजाजत रद्द गरिएको जानकारीसँगै एनएमसीलाई केही आरोप समेत लगाएको थियो ।

पत्रकार सम्मेलनमा एनएमसीका अध्यक्ष उप्रेतीले ती सबै आरोपको सिलसिलेवार खण्डन गरेका छन् । (हेर्नुहोस् खण्डनको पूर्ण विवरण अन्तिममा)
२०५० सालमा स्थापित एनएमसीले २०५२ साल मङ्सिर १२ गते नेपाल राष्ट्र बैङ्कबाट बैङ्किङ कारोवारको इजाजत लिएको थियो । इजाजत लिए पछि बर्षमा दुईपटकसम्म नेपाल राष्ट्र बैङ्कले एनएमसीको वित्तीय अवस्थाको अनुगमन गथ्र्यो । अब एनएमसी र राष्ट्र« बैङ्कविचको यो सम्बन्ध विच्छेद भएको छ ।

राष्ट्र बैङ्कले सहकारीहरुलाई दिएको यस्तो इजाजत रद्द गरेको यो पहिलो घटना होइन । विस्तारै इजाजत हटाउँदै लैजाने उसको नीति अनुरुप यस भन्दा अघि १२ वटा सहकारीलाई बैङ्कले इजाजत रद्द गरिएको सूचना दिइसकेको छ ।

देशभरमा ३७ वटा सहकारीलाई यस्तो इजाजत दिइएकोमा हाल घटेर १४ पुगेका छन् । मेची अञ्चलमा एनएमसी मात्र यस्तो इजाजत लिएको सहकारी थियो ।
राष्ट्र बैङ्कले इजाजत नदिए पनि सहकारी ऐन बमोजिम एनएमसीले आफ्नो बैङ्किङ कारोवार नियमित रुपमा चलाउन पाउने व्यवस्था रहेको हुँदा भ्रामक अफवाहको पछि नलाग्न एनएमसीका सञ्चालक सदस्य ठाकुर शिवाकोटी सम्बद्ध सबैलाई आग्रह गर्छन् ।

एनएमसीले अब बैङ्किङ कारोवार गर्न पाउँदैन भन्ने अफवाह फैलिन सक्ने हुँदा वास्तविकता बुझ्न र हल्लाको पछाडि नलाग्न एनएमसीले आफ्ना सदस्य, बचतकर्ता, कर्मचारी र मिडियाकर्मीहरुलाई आग्रह गरेको छ ।

सर्वसाधारण बचतकर्ता भ्रममा नपरुन् भनेर एनएमसीले शुक्रवारदेखिै नै इजाजत काण्डका बारेमा संस्थाका तर्फबाट सबै सेवा केन्द्रका कर्मचारीहरुलाई सर्कुलर पठाई अनावश्यक भ्रम चिर्न र आम बचतकर्तालाई वास्तविकता बुझाउन आग्रह गरेको छ ।
……………………………………….

यस्तो छ एनएमसीको औपचारिक धारणा (पूर्ण पाठ)

rc 11
अध्यक्ष रामचन्द्र उप्रेती

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.
प्रधान कार्यालय  : मेचीनगर–६, काँकरभिट्टा (झापा)

विषय  : नेपाल राष्ट्र बैंकको परिपत्र सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा नेपाल राष्ट्र बैंकले हाम्रो संस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्था ९ल्ःऋ(ऋइइए० लाई सीमित बैंकिङ कारोबार गर्ने इजाजत पत्र रद्द गरेको भन्ने पत्र २०७४।३।१५ गते प्राप्त भयो । सो सम्बन्धी सूचना २०७४।३।१५ गतेको राष्ट्रिय दैनिक गोरखापत्रको र २०७४।३।१६ को राष्ट्रिय दैनिक कान्तिपुर मार्फत् सूचना अवगत भयो । सो सम्बन्धमा राष्ट्र बैंकले यस संस्थालाई लगाएको आरोप र सो सम्बन्धी संस्थाको वास्तविकतामा आधारित संस्थागत धारणा निम्न अनुसार रहेको व्यहोरा सञ्चारकर्मी, एनएमसी परिवारका सबै समिति, कर्मचारी, बजार प्रतिनिधि, सदस्य र सरोकार राख्ने सबैमा जानकारी गराउन यो पत्र प्रेषित गरिएको छ ।

नेपाल राष्ट्र बैंकबाट प्राप्त पत्रको पेटबोलीमा लगाइएको आरोप र सो सम्बन्धी धारणाहरु  :

क) ओभर ड्राफ्ट प्रकृतिको कर्जा प्रदान गरेको बारेमा  :
धारणा  : संस्थाले साधारण सभाको माग बमोजिम नीति बनाई आफ्ना सदस्यहरुलाई हुनसक्नेसम्म र गर्न सकिनेसम्म वित्तीय सेवा दिने उद्देश्यले आवधिक कर्जा ९त्भचm ीयबल० विगत ७ वर्षभन्दा लामो समयदेखि प्रदान गरिँदै आएको हो । यही कारण संस्था जोखिममा परेको नभई संस्थाको व्यापार बढेको र सदस्यहरुको वित्तीय आवश्यकता पुरा गर्न सकेका कारण संस्थाप्रति सदस्यको आकर्षणमा थप वृद्धि भएको छ ।

ख) प्रबन्ध निर्देशक स्वयम्को अचल सम्पत्तिको धितोमा आफू संलग्न रहेको समितिबाट निर्णय गरी कर्जा प्रवाह गरेको बारेमा  :
धारणा  : संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेती आर्थिक वर्ष २०७१÷०७२ मा प्रबन्ध निर्देशक रहेको तर आर्थिक वर्ष २०७२।०७३, २०७३।०७४ का दुई आर्थिक वर्षमा प्रबन्ध निर्देशकको जिम्मेवारीमा नरहेको अवस्था हो । निजले आफ्नो नाममा रहेको अचल सम्पत्ति धितो राखी संस्थाबाट कर्जा लिन परिवारको सदस्यको नाममा मञ्जुरीनामा दिएको हो । यस्तो धितोको मूल्याङ्कन संस्थाको कर्जा नीति बमोजिम संस्थागत मूल्याङ्कनकर्ता (ख्बगिबतभच) मार्फत् गर्ने गरिएको छ । सो कारणबाट संस्थालाई हानी नोक्सानी हुने नभई संस्थाको व्यवसाय वृद्धि भएको छ । कर्जा लगानीका फायलहरुको निर्णय सञ्चालक समितिले तोकेको कर्जा नीति अनुसार विभिन्न समितिहरुले गर्ने गरेकोछ । संस्थाका उपाध्यक्ष कर्जा समितिमा नरहेको अवस्था छ ।

nmc
राष्ट्र बैंकले जारी गरेको सूचना

ग) एकाघर परिवारका सदस्यहरुलाई कर्जा प्रदान गर्ने बारेमा  :
धारणा  : नेपाल राष्ट्र बैंकको निर्देशनमा सञ्चालकहरुले ऋण लिन नहुने भनेका कारण कुनै पनि सञ्चालकले हालसम्म कर्जा नलिएको तर सहकारी नीति अनुसार सहकारी मापदण्ड २०६८ बमोजिम ५१ प्रतिशत सञ्चालकहरुले कर्जा लिन पाउने व्यवस्था भए पनि सञ्चालकले नलिएको तर सञ्चालक सदस्यको एकाघर परिवारका सदस्यले लिएको छ । २०७४ असार १५ गतेसम्ममा जम्मा कर्जा लगानी करिब रु. ४ अर्ब ४६ करोड मध्ये रु. २ करोड ७८ लाख (०.६२ प्रतिशत) ९ जना सञ्चालक समितिका एकाघर परिवारका सदस्यको बिचमा मात्र कर्जा लगानी भएको छ । सञ्चालक परिवारले समेत अरु बैंक तथा वित्तीय संस्थामा गएर कर्जा लेनदेन गर्दा त्यसको उल्टो संस्थाप्रति नकरात्मक धारणा बन्ने गरेको कारण संस्थाले सञ्चालक परिवारका सदस्यलाई प्रव्रिmया पुरा गरी विगतदेखि नै कर्जा लगानी गर्ने गरेको छ ।

घ) संस्थाको दैनिक काम कारवाहीमा सञ्चालक संलग्न हुने बारेमा  :
धारणा  : त्यस सम्बन्धमा सञ्चालक समितिका कुनै पनि सदस्यको प्रत्यक्ष संलग्नता विगत २ वर्षदेखि नरहेको र संस्थाको दैनिक प्रशासनिक काम कारवाहीमा प्रत्यक्ष संलग्नता रहने गरेको छैन । तर दैनिक कामको नियमित अनुगमन तथा नीति निर्माण र कार्यान्वयनमा सव्रिmय भूमिका निर्वाह हुने गरेकोछ । संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले स्थापनाकालदेखि आर्थिक वर्ष २०६९।०७० सम्म कर्मचारी प्रमुख भई जिम्मेवारी निर्वाह गर्नुभएको हो । आ.व.२०६९।०७० मा कर्मचारीको जिम्मेवारीबाट राजिनामा दिई आ.व. २०७०।०७१ देखि सञ्चालक समितिको उपाध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ । यो अवस्थामा निजको अनुभवलाई संस्थामा उपयोग गर्ने गरी सञ्चालक समितिको तर्फबाट विशेष जिम्मेवारी प्रदान गरिएको हो । त्यसबाट संस्थालाई हानी नोक्सानी नभई संस्थाको साख र कारोबार दुवै वृद्धि भएको छ ।

ङ) यस बैंकको स्वीकृति बिना शाखा खोली सञ्चालन गर्ने गरेको बारेमा  :
धारणा  :संस्था स्थापना हुँदा तत्कालिन काँकरभिट्टा–८ कार्यक्षेत्र रहेको र पछि कार्यक्षेत्र विस्तार भई झापा जिल्लाभरी कार्यक्षेत्र रहेको र सदस्यहरुलाई नजिकैबाट सेवा दिन सेवा केन्द्र र सम्पर्क कार्यालयहरु खोली कारोबार गरिरहेकोमा संस्थाले सहकारी मापदण्ड २०६८ अगावै खोलिएका कार्यालयहरु बिर्तामोड, दमक, सुरुंगा र चारआलीको स्वतः स्वीकृति प्राप्त गरेको छ भने सहकारी मापदण्ड २०६८ लागु भएपछि विस्तार भएका अधिकांश सेवा केन्द्रहरुको सहकारी विभागबाट स्वीकृति प्राप्त भएको र बाँकी सेवा केन्द्रको स्वीकृति प्रव्रिmयामा रहेको छ । यसबाट संस्थालाई कुनै प्रकारको हानी नोक्सानी नभई संस्थाको कारोबारमा वृद्धि भएको र सदस्यहरुले नजिकैबाट सेवा लिन पाएको अवस्था हो । नेपाल राष्ट्र बैंकको समेत स्वीकृति लिनुपर्छ भनी राष्ट्र बैंकले कहिल्यै जानकारी गराएको थिएन ।

च) अन्य सहकारीहरुलाई आफूमा गाभ्ने बारेमा  :
धारणा  :सहकारी संस्था एकीकरण नीति तथा कार्यविधि २०७० ले तोकेको व्यवस्था बमोजिम यस संस्थाले अन्य तिनवटा सहकारी संस्थामा एकीकरण गर्नका लागि डिभिजन सहकारी कार्यालय, भद्रपुरबाट एकीकरण प्रव्रिmयाका लागि पूर्व स्वीकृति लिइसकेको छ । साथै, हाल एकीकरणको प्रव्रिmयामा रहेको अन्तिम स्वीकृति लिन बाँकी रहेको छ । तर यस संस्थाले अन्य कुनै सहकारी संस्थालाई आफूमा गाभ्ने कार्य गरेको छैन । सहकारी सहकारी मर्ज हुनु सहकारी नीति अनुरुप छ ।

छ) नेपाल राष्ट्र बैंकको निरीक्षण प्रतिवेदनको बेवास्ता गरी प्रतिवेदन नपठाउने बारेमा  :
धारणा  :यस संस्थाले नियमनकारी निकायको निरीक्षणलाई जहिले पनि गम्भीरतापूर्वक लिने गरेको छ । यसअघिका सबै निरीक्षण प्रतिवेदनको प्रतिउत्तर तोकिएको समयमै पठाइसकिएको छ । आ.व. २०७१।०७२ मा पठाइएको प्रतिवेदनको प्रतिउत्तर नपठाइएको भनी एक वर्षपछि मौखिक जानकारी अवगत भएको । पछिल्लो पटकको २०७३।२।१० देखि २०७३।२।१२ सम्म भएको सघन निरीक्षण प्रतिवेदनको प्रतिउत्तर समेत समयममै पठाइसकिएको छ ।

ज) संस्थागत निक्षेप स्वीकार गर्ने बारेमा :
धारणा  : संस्थाले बैंकिङ कारोबार गर्दा संस्थागत निक्षेप सुरुदेखि नै स्वीकार गर्ने गरेको हो । यस सम्बन्धमा नेपाल राष्ट्र बैंक विगतदेखि जानकार थियो । संस्थागत निक्षेप स्वीकार गर्ने कार्यबाट संस्थालाई कुनै प्रकारको हानी नोक्सानी हुने नभई संस्थाको साख र कारोबार दुवै वृद्धि भएको छ । सदस्यले सञ्चालन गरेको व्यवसाय, फर्म, ग्रामीण भेगका सहकारीदेखि विभिन्न महिला समूह, नगरपालिकाका उपभोक्ता समूह, टोल विकास संस्था आदिका संस्थागत सदस्यका रुपमा संस्थामा आरम्भदेखि नै रहेको जानकारी गराइन्छ । सहकारी मापदण्डमा पनि बैंकको सुविधा नपुगेको क्षेत्रमा संस्थागत निक्षेप स्वीकार गर्न सकिने भनी सहकारी मापदण्ड २०६८ ले अनुमति दिएको छ । संस्थामा मिति २०७४ असार १५ सम्ममा जम्मा सेयर सदस्यको संख्या ४१ हजार ६ सय ३० मध्ये संस्थागत खाता ५ सय ५९ रहेको छ । पछिल्लो समयमा बैंक स्थापना भई बैंकिङ सेवा विस्तार भएका क्षेत्रमा संस्थाले संस्थागत निक्षेपलाई निरुत्साहित गरी अघि बढेको छ ।

झ) बिना कुनै अनुमति अन्य व्यवसाय सञ्चालन गर्ने बारे :
धारणा  : हाम्रो संस्था बहुउद्देश्यीय प्रकृतिको भएको हुँदा हामीले एकभन्दा बढी व्यवसाय सञ्चालन गर्नु सहकारीको नीति र उद्देश्य अनुरुप हुन्छ । त्यसैले हाम्रो संस्थाले लामो छलफल, अध्ययन, विचार तथा विमर्श गरी नीति बनाई साधारण सभाबाट निर्णय गरी सम्बन्धित निकायमा एनएमसी डेरी उद्योग दर्ता गरी उद्योग सञ्चालनमा ल्याएको हो । यस उद्योगका कारण ग्रामीण भेगका २५०० भन्दा बढी किसानले आफूले उत्पादन गरेको दुधको बजार पाएका छन् । बजारमा बस्ने उपभोक्ताले उचित मूल्य तिरेर गुणस्तरीय डेरी प्रोडक्ट उपभोग गर्न पाएका छन् । र, यो डेरी व्यवसायबाट संस्थाको हित र सदस्यको हित दुवै भएको छ । वित्तीय हिसाबले समेत डेरी उद्योगले मासिक रुपमा खर्च कटाई सरदर रु. १० लाख सञ्चालन नाफा गर्न सुरु गरेको छ ।

एनएमसीप्रति मात्रै नभई समग्र सहकारी अभियानप्रति नेपाल राष्ट्र बैंकले बोकेको संकिर्ण दुष्टिकोणको अनुभूति एनएमसीलाई भएको छ । समाज परिवर्तनको दिशामा सहकारीले पु¥याएको अतुलनीय योगदान फर्केर हेर्न नेपाल राष्ट्र बैंकलाई एनएमसी परिवार विनम्र अनुरोध गर्दछ ।

संस्थाको सुशासनलाई संस्थागत गर्न र आजको एनएमसी निर्माण गर्न राष्ट्र बैंकले देखाएको बाटो र दिएको निर्देशनप्रति एनएमसी परिवार आभार प्रकट गर्दछ । आगामी दिनमा समेत नेपाल राष्ट्र बैंकले विगतमा दिएको मार्गनिर्देशनलाई एनएमसीले अनुसरण गर्नेछ ।

एनएमसी सहकारीका विश्वव्यापी मूल्य, मान्यता र सिद्धान्त अनुसार नेपालको संविधान र कानुन अनुसार सहकारीको उद्देश्य पुरा गर्न निरन्तर र अविछिन्न रुपमा व्रिmयाशिल रहनेछ । नेपाल राष्ट्र बैंकबाट आबद्धता खारेज हुँदा हुने फाइदामा राष्ट्र बैंकको निर्देशन बमोजिम हाम्रो कुल निक्षेपको ०.५ प्रतिशत भन्दा बढी ‘क’ वर्गका बैंकमा खाता खोली बिना ब्याज करिब २ करोडभन्दा बढी रकम राख्नु परेकोमा अब सो रकमलाई ब्याज प्राप्त गर्ने खातामा राखी वार्षिक सरदर १५ लाख भन्दा बढी आम्दानी गर्न सकिनेछ ।

नेपाल राष्ट्र बैंकको स्वीकृती एनएमसीलाई नरहेको भन्ने बारेमा सञ्चारमाध्यममा सूचना आएपछि हाम्रा सदस्य परिवार तथा शुभचिन्तकहरुमा चिन्ता हुनसक्छ । त्यसैले यस बारेमा वास्तविकता के हो भन्ने र जानकारी गराउन संस्था परिवारमा सबैले थाहा पाउने गरी सूचना प्रेषित गरिएको छ । यस बारेमा सबै तहका समिति (सञ्चालक समितिदेखि एकाइ समितिसम्म), कर्मचारी, बजार प्रतिनिधि, सदस्य र हाम्रा शुभचिन्तकसम्म यसको जानकारी पु¥याउन यो परिपत्र जारी गरिएको छ । राष्ट्र बैंकले इजाजत रद्द गरेको कारण हाल एनएमसीले गर्दै आएका कुनै पनि कारोबार व्यवसायमा कति पनि थपघट गर्नुपर्ने छैन । सहकारी ऐन र नीति नियम बमोजिम सबै कार्यहरु यथावत रुपमा सुचारु हुनेछन् । अतः कुनै दुविधामा नपर्न सम्बन्धित सबैमा अनुरोध गर्दछु ।

हालको एनएमसीको वित्तीय अवस्था समेत एकदमै सन्तोषजनक रहेको छ । सेयर पुँजि ४१ करोड, कोष हिसाब २५ करोड, निक्षेप ३ अर्ब ९४ करोड र कर्जा लगानी ४ अर्ब ४६ करोड छ । चालु वर्षको १० महिनामा झन्डै १५ करोड ७६ लाख मुनाफा गरेको छ ।

एनएमसी सदस्यहरुको आफ्नो संस्था हो । सुशासन र पारदर्शी हिसाबले चलेको यो संस्थाका सम्पूर्ण कारोबार यथावत सञ्चालन हुनेछ । सदस्यले जम्मा गरेको रकम पूर्ण रुपमा सुरक्षित छ । सहकारी ऐन २०४८, नियमावली २०४९ र सहकारी मापदण्ड २०६८ बमोजिम जसरी अरु सहकारी चलेका छन् एनएमसी पनि सोही ऐन र विधि अनुसार चलेको हो, चलिरहने छ । नेपाल राष्ट्र बैंकको नीति र सहकारीको नीति नियममा फरक छ । एनएमसीले दुवैको पालना गर्दा राष्ट्र बैंकले केही बुँदामा असहमति जनाई आफूले दिएको सीमित बैंकिङको इजाजत रद्द गरेको हो । एनएमसीले गर्दै गरेको कारोबारमा यसबाट कत्तिपनि फरक नपर्ने हुँदा सबैले ढुक्क भएर कारोबार यथावत गर्न सादर अनुरोध छ ।
अध्यक्ष
रामचन्द्र उप्रेती
(२०७४ असार १७ गते, सनिबार)

(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)
……………………..

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: