सहकारीले अब एक प्रतिशतमात्र सेवा शुल्क लिन पाउने

  प्रकाशित मिति
२४ मंसिर २०७७, बुधबार १५:०८


झापा, २४ मंसिर । सहकारी संस्थाहरुले ऋणीसँग मनपरी सेवा शुल्क लिन थालेपछि सहकारी विभागले अधिकतम सीमा १ प्रतिशत तोकिदिएको छ ।

विभागले ऋणको ब्याजदर १४ दशमलव ७५ प्रतिशत भन्दा बढी लिन नपाउने गरी ब्याजदर तोकेपछि सहकारी संस्थाहरुले मनपरी रुपमा सेवा शुल्क लिने गरेका थिए ।

सहकारी संस्थाहरुहरुले ब्याजदर १४ दशमलव ७५ प्रतिशत नै लिने तर सेवा शुल्क ५ प्रतिशतसम्म लिने गरेको पाइएपछि सेवा शुल्कमा समेत विभागले लगाम लगाइदिएको हो । अब सहकारीले ऋणीसँग बढीमा १४ दशमलव ७५ प्रतिशत ब्याजदर र १ प्रतिशत सेवा शुल्क मात्र लिन पाउनेछन् ।

सहकारी विभागमा देखिएको वेथिती हटाउन यस्तो निर्णय गरिएको विभागका रजिष्ट्रार डा.टोकराज पाण्डेले जानकारी दिए । उनका अनुसार ऐनमा भएको व्यवस्था र सरोकारवालाहरुको सुझावलाई समेत ख्याल राखी यस्तो नियम बनाइएको हो ।

योसँगै माघ महिनादेखि सहकारी संस्थाहरुले सदस्यलाई प्रवाह गर्ने कर्जामा नियमानुसार सम्झौता बमोजिमको ब्याज रकम बाहेक अतिरिक्त शुल्क लिन पाउने छैनन् । तर कर्जा प्रवाह गर्दा संस्थाको अतिरिक्त खर्च पर्ने अवस्था भई अतिरिक्त शुल्क नलिई नहुने भएमा ब्याजबाहेक अधिकतम १ प्रतिशतमा नबढ्ने गरी सेवा शुल्क लिन बाधा नपर्ने विभागले जनाएको छ ।

यसैगरी सहकारी संस्थाले समूह सिर्जना गरी सामुहिक जमानीमा (लघुवित्त) कर्जा लगानी गरेको हकमा संस्थाको अतिरिक्त खर्च पर्न गई अतिरिक्त शुल्क नलिई नहुने अवस्थामा ब्याज बाहेक अधिकतम १ दशमलव ५ प्रतिशतमा नबढ्ने गरी सेवा शुल्क लिन सकिने विभागले जनाएको छ ।

यस बाहेक थप प्रक्रिया शुल्क, प्रशासन शुल्क जस्ता कुनै पनि अतिरिक्त शुल्कहरु लिन नपाइने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: