सहकारी अध्यक्षमा गणेश

  प्रकाशित मिति
२५ माघ २०७२, सोमबार १४:४७


sahakar photo
झापा । सहकारी संस्थाको छाता सङ्गठन झापा जिल्ला सहकारी सङ्घको अध्यक्षमा गणेश ढकाल र सचिवमा युवराज ढकाल सर्वसम्मत चयन भएका छन् ।
सोमबार भएको उम्मेद्वारी दर्तामा ती पदमा अन्यको उम्मेद्वारी नपरेपछि उनीहरु सर्वसम्मत छानिएका हुन् । गणेश यस अघि सङ्घको सचिव पदमा थिए भने युवराजले सहसचिवको जिम्मेवारी सम्हालिसकेका छन् । उनीहरुले सहकारी अभियानमा नेतृत्वदायी भूमिका निभाउँदै आएका छन् ।

फागुन १ गते हुने निर्वाचनका लागि सोमबार उम्मेद्वारी मनोनयन दर्ता भएको थियो । सर्वसम्मतबाट नेतृत्व छान्ने कसरत भइरहँदा सङ्घको धेरै वटा पदमा पदाधिकारी सर्वसम्मत छानिएका छन् । बाँकी केही पदहरुमा एक भन्दा बढीको उम्मेद्वारी परेपछि चुनावी प्रव्रिmयाबाट छिनोफानो हुने भएको छ ।

उपाध्यक्ष पदका लागि महेन्द्रकुमार गिरी र लक्ष्मीप्रसाद उप्रेतीको उम्मेद्वारी परेको छ । महिला उपाध्यक्षमा चम्पा खनाल सुवेदी र गीता कुँवरको उम्मेद्वारी परेको निर्वाचन समितिले जनाएको छ ।

सहसचिव पदमा भवानी दङ्गाल र होमबहादुर थापाको उम्मेद्वारी परेको छ । तीन जना महिला सदस्यका लागि ६ जनाको उम्मेद्वारी परेको छ । दुर्गा खतिवडा, पवित्रादेवी महतरा, मिनाकुमारी ढकाल, तुलसा खरेल, तुलसा कुँवर, लक्ष्मीदेवी न्यौपानेले उम्मेद्वारी दर्ता गराएका छन् ।

खुल्ला सदस्य पदमा क्षेत्र नम्बर १ बाट दुर्गाप्रसाद सापकोटा, क्षेत्र नं. ४ बाट टङ्कप्रसाद बराल, ५ मा सन्तोषकुमार मैनाली, ६ मा अर्जुन दङ्गाल र ७ मा प्रेमकुमार कोइरालाको मात्र उम्मेद्वारी परेपछि उनीहरु सर्वसम्मत सदस्य पदमा निर्वाचित भएका छन् ।

बाँकी २ नम्बर, ३ नम्बर पदमा भने मतदान हुने निश्चित भएको छ । २ नम्बरबाट कृष्णप्रसाद मिश्र, केशव बस्नेत र ताराप्रसाद चापागाईको उम्मेद्वारी परेको छ । ३ नम्बरमा बुदृधिप्रसाद खरेल र खडानन्द गुरागाईको उम्मेद्वारी परेको छ । लेखा समिति संयोजकमा भलाकाजी कठित र बलराम गजुरेलले उम्मेद्वारी दर्ता गराएका छन् ।

महिला सदस्यमा पम्पादेवी विश्वकर्मा निर्विरोध निर्वाचित भएकी छिन् । पुरुषतर्फ गोविन्दप्रसाद बोहोरा, चुडामणि ओझा, देवीप्रसाद ओली र घनश्याम अधिकारीको उम्मेद्वारी परेको निर्वाचन समितिले जनाएको छ । सङ्घमा ४ सय १७ जना प्रतिनिधि छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: