इटाभट्टा । सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले सहकारी आन्दोलन सामाजिक रुपान्तरणसँगै आर्थिक समृद्धिको बाटोमा अघि बढेको बताएका छन् ।
मेची कृषक बहुमुखी सहकारी संस्था मेचीनगर–१२ इटाभट्टाको १७ औँ वार्षिक साधारण सभाको शनिवार उद्घाटन गर्दै मन्त्री बुढाथोकीले यस्तो बताएका हुन् ।
‘मुलुकको सहकारी आन्दोलनले नयाँ मोड लिएको छ’ नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य समेत रहेका बुढाथोकीले भने–‘यसलाई थप व्यवस्थित बनाउन सरकार सहकारी तथा गरिबी निवारण मन्त्रालय गठन गर्न प्रतिबद्ध छ ।’
कार्यव्रmमका प्रमुख अतिथिसमेत रहेका मन्त्री बुढाथोकीले राजनीतिक व्रmान्ति लगभग अन्तिम चरणमा आइपुगेको बताउँदै उनले अब देशले आर्थिक व्रmान्तिमार्फत् नयाँ युगमा कोल्टे फेर्ने दाबी गरे ।
मन्त्री बुढाथोकीले सहकारी आन्दोलनलाई सरकारले उच्च मूल्याङ्कन गरेर छुट्टै मन्त्रालय गठन गरेको बताउँदै झापाको मेची कृषक सहकारीले देशभरका सहकारीहरूको भिडमा छुट्टै पहिचान बनाएर सेयर सदस्य मैत्री बनाएकोमा बधाइ दिए ।
संस्थाले सञ्चालन गर्दै आएको सामुदायिक पोष्ट हार्भेस्ट सेवा केन्द्रको भवनमा आयोजित कार्यव्रmममा जिल्ला सहकारी सङ्घका अध्यक्ष गणेश ढकाल, सदस्य दुर्गादेवी खतिवडा, झापा कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमल्सेना, काँकरभिट्टा बहुमुखी क्याम्पसका प्रमुख यज्ञराज प्रसाईं, नेपाली काङ्ग्रेसका जिल्ला उपसभापति राम कट्टेल, पूर्व उपसभापति देउमान थेवेलगायतले बोलेका थिए ।
संस्थाका अध्यक्ष तुलसीराम पौड्यालले संस्थाको वार्षिक प्रतिवेदन, लेखा समिति संयोजक पूर्णबहादुर खड्काले लेखा प्रतिवेदन र व्यवस्थापक दीपक काफ्लेले कार्यालयको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत गरिएको प्रतिवेदन दोस्रो चरणको बन्द सत्रमा सर्वसम्मत पास भएको छ ।
सोही अवसरमा संस्थाले यस वर्षको मेची कृषक पत्रकारिता पुरस्कारबाट सहकारी विकास बोर्डका उपनिर्देशक जनकराज पौडेललाई नगद ५ हजार रुपैयाँसहित सम्मान गरेको छ ।
यसैगरी, उत्कृष्ट वचतकर्ताको रुपमा आशारी मेचे र दिलबहादुर कार्की, उत्कृष्ट ऋणीतर्फ रिता सङ्ग्रौला र श्यामलाल राजवंशीलाई सम्मान गरेको थियो । उनीहरूलाई जनही २ हजारले सम्मान गरिएको हो ।
गत वर्षको प्रवेशिका परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी गितीमा बस्नेतलाई नगद २ हजार रुपैयाँसहित सम्मान गरियो ।
कार्यव्रmममा स्व.डिकबहादुर पौडेल सहकारी सम्मानबाट खेमराज अधिकारीलाई दोसल्ला ओढाएर सम्मान गरियो । उत्कृष्ट कर्मचारीमा प्रमुकुमार माझी घोषित भए । उनलाई स्व.नारदमणि ढकाल सहकारी पुरस्कारबाट (५ हजार ५ सय ५५ रुपैयाँ रासीसहित) सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष तुलसीराम पौड्यालको सभापतित्वमा सम्पन्न कार्यव्रmममा स्वागत उपाध्यक्ष दुर्गाप्रसाद सापकोटा र सञ्चालन सचिव हरि बुढाथोकीले गरेका थिए ।