सहकारी, खानेपानी र कर कार्यालयमा होटल व्यवसायीको ज्ञापनपत्र

  प्रकाशित मिति
२४ असार २०७७, बुधबार २२:०९


मेचीनगर । लकडाउनले व्यापार चौपट भएको भन्दै होटल व्यवसायी संघ मेचीनगरले सहकारी, खानपानी तथा कर कार्यालयमा व्याज मिनाह, किस्ता अवधि थप र महशुल छुटको मागसहितको बुधबार ज्ञापनपत्र बुझाएका छन् ।

लकडाउनले धरासयी बनेका होटल व्यवसायीहरुलाई सहकारी संस्थाले व्याज मिनाह र किस्ताको भाका अवधि ६ महिनालाई बढाइ दिन र खानेपानी संस्थाले पानीको महशुल छुट गराउनु पर्ने मागसहितको ज्ञापन पत्र बुझाइएको होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ (गोपाल) ले बताए ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) का सिइओ लक्ष्मीप्रसाद उप्रेतीलाई होटल व्यवसायी संघका पदाधिकारीले ज्ञापनपत्र बुझाएका थिए ।

सिइओ उप्रेतीले संघका पदाधिकारीलाई असार मसान्तको मात्र व्याजमा १० प्रतिशत छुट दिइने बताएका थिए ।

किस्ताको भाका अवधि ६ महिना दिन सक्ने वा नसक्ने वैठकले निर्णय गर्ने उप्रेतीले बताएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

यता आधुनिक बचत तथा ऋण सहकारी संस्थाले भने लकडाउन अवधिभरी सदस्यहरुको व्याजमा १० प्रतिशत छुट र किस्ताको भाकाको अवधि ६ महिना थप गरिएको संस्थाका व्यवस्थापक पारस ओलीले जानकारी गराएको श्रेष्ठले बताए ।

काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष हर्कबहादुर सुब्बाले लकडाउन अवधिभरी जरिवाना नलाग्ने, ७ युनिटको महशुल छुट गरिएको बताए । होटल व्यवसायी संघका लागि छुट्टै वैठक बसेर सहुलियत प्रदान गरिने उनको भनाई थियो

आन्तरिक राजश्व कार्यालय झापाले पनि रक्सी तथा सुर्तिजन्य पर्दाथमा छुट नहुने अन्यमा जरिवाना नलाग्ने र करिव ६ महिना अवधिका लागि कर तिर्न समय उपलब्ध गराउने आश्वसन दिइएको होटल व्यवसायी संघका सचिव हस्त तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: