‘झापाको सहकारी सेरोफेरो’ विमोचित

  प्रकाशित मिति
२७ माघ २०७४, शनिबार १३:२३


विर्तामोड । झापा जिल्ला सहकारी संघले मासिक रुपमा सहकारी सम्बन्धी बुलेटिन प्रकाशन शुरु गरेको छ ।

सहकारी अभियानलाई थप व्यवस्थित, मर्यादित एवम् व्यावसायिक बनाउन सहयोग पुग्ने उद्देश्यले सहकारी क्षेत्रका सफलता, क्रियाशीलता, सम्भावना एवम् चुनौतीका विषयहरुलाई समेट्ने गरी मासिक बुलेटिन प्रकाशन शुरु गरिएको बुलेटिनका संरक्षक एवम् झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले जानकारी दिए ।

शनिबार सम्पन्न हुने संघको २१ वार्षिक साधारणसभाको अवसर पारेर प्रकाशन शुरु गरिएको ‘झापाको सहकारी सेरोफेरो’ नामक बुलेटिनको सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनाली र अगुवा सहकारी अभियन्ता रामचन्द्र उप्रेतीले शुक्रबार संयुक्त रुपमा विमोचन गरे ।

सहकारीहरुको अवस्था बुझ्न र नयाँ सहकारी ऐनका सन्दर्भमा छलफल गर्न जिल्ला दौडाहाका क्रममा झापा आएका सचिव मैनालीलाई संघको विर्तामोडस्थित सम्पर्क कार्यालयमा स्वागत गर्दै संघले उनकै हातबाट बुलेटिन सार्वजनिक गराएको हो । कार्यालयमा संक्षिप्त अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिएको थियो । संघका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा आयोजित अन्तरक्रियाका प्रमुख अतिथि सचिव मैनालीले सहकारी अभियानलाई सूचना तथा सञ्चारको माध्यमबाट अगाडि बढाइरहेकोमा खुशी प्रकट गर्दै बुलेटिन विमोचन गर्ने अवसर दिएकोमा संघलाई धन्यवाद दिए ।

संघका सचिव युवराज ढकाल तथा साविक २ नं क्षेत्रीय संयोजक कृष्णप्रसाद मिश्रले आलोपालो सञ्चालन गरेको कार्यक्रममा सचिव मैनालीले नयाँ सहकारी ऐनले सहकारी क्षेत्रका धेरै सवालहरुलाई सम्बोधन गरे पनि केही मुद्दाहरु सम्बोधन हुन आवश्यक रहेको भन्दै नियमावली तयार हुन लागेको जानकारी दिए । झापाका सहकारीकर्मीहरुले ऐनले अझै पनि कतिपय विषयमा सहकारीलाई नियन्त्रण गर्न खोजेको गुनासो राखे ।
त्यस अवसरमा जिल्ला संघले गरेका क्रियााकलाप र आगामी योजनाहरुका बारे सचिव मैनालीलाई संघका अध्यक्ष ढकालले जानकारी गराएका थिए ।

साधारणसभाको पूर्वसन्ध्यामा विमोचन गरिएको बुलेटिन पत्रकार गोपाल काफ्लेले सम्पादन गरेका छन् भने सचिव युवराज ढकाल संयोजक र कृष्णप्रसाद मिश्र र पत्रकार राजेन्द्र गौतम सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: