सहकारी संघद्वारा एक करोडको विपत कोष स्थापना

  प्रकाशित मिति
२० चैत्र २०७६, बिहीबार १८:१८


विर्तामोड । झापा जिल्ला सहकारी संघले कोरोना भाइरस संक्रमण रोक्न सरकारले लकडाउन गरेको बेला विपन्न समुदायलाई राहत बाँड्न एक करोड रुपैयाँको छुट्टै विपत कोष स्थापना गर्ने निर्णय गरेको छ ।

विर्तामोडमा आज संघका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले तत्काल संघको कोषबाट १० लाख रुपैयाँ छुट्याउने र बाँकी रकम प्रारम्भिक सहकारी संस्थाहरुबाट स्वेच्छिक सहयोगको रुपमा जुटाउने निर्णय गरेको सहसचिव भानु दंगालले जानकारी दिए ।

यसैबीच, मेचीनगर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा विभिन्न सहकारीले सहयोग गरेका छन् ।

धुलावारीमा प्रधान कार्यालय रहेको मेचीनगर बचत तथा ऋण सहकारी संस्थाले ५० हजार रुपैयाँ नगरको कोषमा जम्मा गरेको व्यवस्थापक मानस सिटौलाले जानकारी दिए ।

चारआलीमा प्रधान कार्यालय रहेको तारापुञ्ज बचत तथा ऋण सहकारी संस्थाले सो कोषमा ११ हजार १११ रुपैयाँ प्रदान गरेको व्यवस्थापक मोहन अधिकारीले बताए ।

विर्तामोडमा प्रधान कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था र कर्णाली बचत तथा ऋण सहकारी संस्थाले मेचीनगरको प्रकोप व्यवस्थापन कोषमा जनही ५० हजार रुपैयाँका दरले सहयोग गरेका छन् ।

कर्णाली साकोस सञ्चालक समिति सदस्य जानुका ओली । 

सो रकम कर्णाली साकोस सञ्चालक समिति सदस्य जानुका ओली र सिम्रिक साकोसका अध्यक्ष कमल बस्नेत तथा सचिव सुभाष भट्टराईले नगरपालिकालाई हस्तान्तरण गरेका छन् ।

कर्णाली र सिम्रिक साकोसले विर्तामोड नगरपालिकालाई एक लाख रुपैयाँ र झापाका अरु १४ वटा पालिकालाई ५० हजारका दरले कोषको रकम उपलब्ध गराएका छन् ।

मेचीनगर नगरपालिकाले ५० लाख रुपैयाँको प्रकोप व्यवस्थापन कोष स्थापना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: