सहज महिला सम्बृद्धिले खयरडाँगीमै बनाउँदै तोरी मिल

  प्रकाशित मिति
१३ पुष २०७७, सोमबार १६:३०


मेचीनगर, १३ पुस । सहज महिला सम्बृद्धि वहुउद्देश्यीय सहकारी सस्था मेचीनगरले तोरी मिल सञ्चालन गर्ने भएको छ ।

बन्न लागेको तोरी मिल भवनको सोमबार एक कार्यक्रमका बीच मेचीनगर नगरपालिकाका उपप्रमुख मिना उप्रेतीले शिलान्यस गरेकी छिन् ।

संस्थाले विगत तीन बर्षदेखि तोरी खेती र जिल्लाका विभिन्न स्थानबाट खरिद गरेर शुद्ध तोरीको तेल आफ्नो शेयर सदस्यलाई खुवाउँदै आएको छ ।

मेचीनगर–१० खयरडाँगीमा रु. २३ लाखको लागतमा बन्न लागेको मिल घरको जग्गा १० बर्षको लागि लिजमा लिएको संस्थाकी अध्यक्ष शारदा शर्माले बताइन् ।

उनले मेचीनगर नगरपालिकामा कृषि तथा पशुपंक्षी मन्त्रालयबाट महिलाहरुले सञ्चालन गरेको कृषि सहकारीमा सहयोग गर्ने उद्देश्यले आएको बजेटको संस्थाले अपेक्षा गरेको बताइन् । सहकारीका सदस्य आफैंले संकलन गरेको रकमबाट बनाउन सुरु गरेको भवन सम्पन्न गर्न मन्त्रालयको सो बजेट आवश्यक रहेको बताइन् ।

माघ २५ गतेभित्र सम्पन्न गर्ने गरी सुरु गरिएको भवन निर्मांणका लागि मेचीनगर नगरपालिकाबाट पनि सक्दो सहयोग गर्ने उपप्रमुख उप्रेतीले बचन दिएकी छिन् ।

अध्यक्ष शर्माले आगामी फागुन १ गतेबाट मिल सञ्चालनमा आउने तयारी भएको जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: