सहमतिपछि त्रिदेव क्याम्पसको ताला खुल्यो

  प्रकाशित मिति
१९ श्रावण २०७९, बिहीबार १५:१८


मेचीनगर, १९ साउन । चारआली स्थित त्रिदेव बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले लगाएको ताला अहिले भर्खरै खुलेको छ ।
विद्यार्थी संघ–संगठनहरुले क्याम्पस प्रशासनले मनपरी ढंगले बनाएको कार्यविधि खारेज गर्नु पर्ने माग राखेर क्याम्पसमा विहीबार विहान तालाबन्दी गरेका थिए ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष हरि घिमिरेले विद्यार्थीहरुको माग छलफलबाट सम्बोधन गरिने सहमति भएपछि अहिले भर्खरै ताला खुलाइएको बताए ।

‘कार्यविधि शंसोधन गछौँ’, अध्यक्ष घिमिरेले भने–‘विद्यार्थीका संघ–संगठनहरुको माग के हो ? त्यो आएपछि कार्यविधि सच्चाउनु पर्ने भए शंसोधन गर्ने छौँ ।’

आज क्याम्पस प्रशासनको वैठक बसीरहेका बेला विद्यार्थीहरुले बाहिरबाट गेटमा ताला लगाएका थिए । सो वैठकले कार्यविधि तत्कालका लागि फिर्ता लिएको छ । विद्यार्थीहरुको संघ–संगठनसँगपछि आवश्यक छलफल गरेर कार्यविधि टुंगो लगाउने निर्णय भएको अध्यक्ष घिमिरेले जानकारी दिए ।

कार्यविधि विद्यार्थीहरुको हितमा नरहेको भन्दै कार्यविधि खारेजीको माग गर्दै विद्यार्थीहरु आन्दोलित भएका थिए । ३ महिना अघि कार्यविधि निर्माण गरिएको र यस विषयमा विद्यार्थीहरु माथि क्याम्पस प्रशासनले मनपरी गरेको आरोप छ ।

क्याम्पसमा नेपाली कांग्रेसको नेविसंघ, एमालेको अनेरास्ववियु, विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) र राप्रपाको स्वतन्त्र विद्यार्थी सक्रिय छ ।

कार्यविधि खारेजी हुनुपर्ने मागसहित क्याम्पस प्रशासनले विद्यार्थी संगठनहरुप्रति माफी माग्नु पर्ने, सो विषयमा मौखिक स्पष्टिकरण दिनुपर्ने माग राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: