विर्तामोड । चुनावी प्रव्रिmया अघि बढिरहेका बेला झापा जिल्ला सहकारी सङ्घको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ ।
सर्वसम्मतबाट नेतृत्व छान्ने सहकारीकर्मी बिचको कसरत अन्ततः निर्विरोध चयनसँगै सफल भएको हो । सङ्घको फागुन १ गते हुने निर्वाचन अघि नै सबै पदमा पदाधिकारी निर्विरोध रुपमा चयन हुने प्रायः निश्चित भएको छ ।
बाँकी केही पदका लागि सहमतिको प्रयास जारी रहेको जनाइएको छ । बिहीवार सहकारीकर्मी बिच भएको छलफलबाट उपाध्यक्षमा महेन्द्रकुमार गिरी निर्विरोध चयन भएका छन् । त्यस्तै, महिला उपाध्यक्षमा गीता कुँवर चयन भएकी छन् । सहसचिवमा भवानीप्रसाद दङ्गाल सर्वसम्मत निर्वाचित भएका छन् । लेखा समिति संयोजकमा भलाकाजी कठेत निर्विरोध निर्वाचित भएको सङ्घले जनाएको छ ।
यसअघि नै अध्यक्षमा गणेश ढकाल र सचिवमा युवराज ढकाल तथा अन्य केही क्षेत्रीय सदस्यहरु सहमतिबाट चयन भइसकेका छन् । लेखा समिति सदस्यतर्फ दुई जना, तिन महिला सदस्य र २ र ३ नम्बर क्षेत्रको सदस्य पदका लागि सहमतिको प्रयास जारी रहेकाले शुव्रmवारभित्र सहमति भइसक्ने जनाइएको छ ।