सहरेडाँगीमा ६८ जनाद्वारा रक्तदान

  प्रकाशित मिति
२० भाद्र २०७७, शनिबार २१:०५


मेचीनगर, २० भदौ । कोभिड–१९ को सङक्रमणका कारण झापामा रगतको अभाव देखिन थालेपछि मेचीनगरको सहरेडाँगीमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

विचार चौतारी युवा क्लब र मेचीनगर नगरपालिका वडा नं.१२ को संयुक्त आयोजना एवम् डाइनामिक युथ क्लबको सह–आयोजना तथा नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

सहरेडाँगी स्थित दुर्गा हनुमान मन्दिरको परिसरमा आयोजित रक्तदानमा ७ महिलासहित ६८ जनाले रगत दान गरेका थिए ।

क्लबका अध्यक्ष हरिकृष्ण भण्डारीको सभापतित्वमा भएको रक्तदान कार्यक्रमको प्रमुख अतिथि मेचीनगर–१२ का वडाध्यक्ष नरेन्द्र धिमाल थिए ।

श्री अन्तु हेल्थ केयर बिर्तामोडको विशेष सहयोगमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल, जिल्ला ट्राफिक कार्यालय झापाका प्रहरी नायब निरीक्षक नारायण आचार्य, लायन्स क्लब अफ धाइजन चारआलीका अध्यक्ष हरि घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

क्लबका अध्यक्ष भण्डारीले कार्यक्रमको औचित्य माथी प्रकाश पारेका थिए । उपाध्यक्ष शिक्षा घिमिरेले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव उमेश खतिवडाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: