सहारामा ५९ उम्मेदवार

  प्रकाशित मिति
२९ कार्तिक २०७३, सोमबार १२:३२


saharalogo

विर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।

संस्थाको आगामी ४ वर्षे कार्यकालका लागि यही मंसिर ४ गते निर्वाचन हुँदैछ । निर्वाचनमा कूल ५९ जनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिले जनाए अनुसार अध्यक्ष पदमा शनिअर्जुनका ताराप्रसाद सञ्जेल र विर्तामोडका छविलाल खतिवडाको उम्मेदवारी परेको छ । सञ्जेल संस्थाको हालका अध्यक्ष हुन् भने खतिवडा संस्थाको संस्थापक शेयरधनीमध्येका हुन् ।

यसैगरी, एक जना वरिष्ठ उपाध्यक्ष पदमा तिन जनाको उम्मेदवारी परेको छ । समितिका अनुसार सो पदमा अर्जुनधाराका हरिप्रसाद निरौला, विर्तामोडका भीमनारायण सञ्जेल र विर्तामोडकै उपेन्द्र पराजुलीको उम्मेदवारी दर्ता भएको हो ।

खुल्ला उपाध्यक्ष पदमा विर्तामोडका उपेन्द्रप्रसाद ओली, शनिअर्जुनका गुहेश्वरी कार्की र विर्तामोडकै भूविक्रम बस्नेतको उम्मेदवारी परेको छ भने महिला उपाध्यक्षमा शिवसताक्षीकी पवित्रा सुब्बा निर्विरोध निर्वाचित भएकी छन् ।

सहसचिव पदमा गरामनीका ज्ञानुनाथ मैनाली र विर्तामोडका प्रेमप्रसाद उप्रेतीको उम्मेदवारी परेको छ । कोषाध्यक्ष पदमा विर्तामोडका डम्बरबहादुर देउजा र पर्शुराम कठेतविच प्रतिष्पर्धा हुने भएको छ ।

खुल्ला सञ्चालक सदस्य पदमा अर्जुनकुमार कार्की, इन्द्रकुमार गिरी, एकराज गिरी, कमल मिश्र उपाध्याय, कैलाशपति ओली, खिनमाया खतिवडा, गणेशबहादुर खड्का, गोविन्द गिरी, दाताराम भण्डारी, नरहरि न्यौपाने, नारायणप्रसाद काफ्ले, नेत्रबहादुर नेपाल, पदमला भट्टराई, प्रेमप्रसाद पौडेल, भिमप्रसाद अधिकारी, भिमबहादुर गिरी, मञ्जु खनाल, मोहनकुमार पोखरेल, रोहिणीप्रसाद गौतम, लिलाप्रसाद तिम्सिना, सागर खनाल, सिताराम लुइँटेल, शुक्रबहादुर तामाङ, शङ्करप्रसाद रिजाल, हरि शर्मा र हेमराज गिरी उम्मेदवारी दर्ता भएको छ ।
यसैगरी महिला सदस्य पदमा उरादेबी मिश्र, उर्मिलाकुमार ढकाल पोखरेल, चित्रकला ओली, पार्वता गिरी भारती, बबिता घिमिरे पराजुली, भगवती कटुवाल, यशोदा प्रसाइँ, रमादेवी पौडेल भट्टराई, रेखा रिजाल, शुस्मादेवी पौडेल, शान्तिदेवी पौडेल र हरिमाया सिग्देल उम्मेदवार बनेका छन् । लेखा समिति संयोजकमा विर्तामोडका भरतकुमार भट्टराई र अर्जुनधाराका रुपक दाहाल उम्मेदवार बनेका छन् ।

लेखा समिति सदस्यमा भोजराज दाहाल, युवराज निरौला र श्याम प्रसाद दाहाल उम्मेदवार बनेका छन् भने ऋण उपसमिति सदस्य पदमा विर्तामोडका गोविन्द दाहाल, चारपानेका ताराप्रसाद प्रसाइँ र कनकाईका निर्मल घिमिरे उम्मेदवार बनेका छन् ।

मङ्सिर ४ गते हुने मतदानका लागि निर्वाचन समितिले विर्तामोड, चारपाने, लक्ष्मीपुर र सुरुङ्गामा गरी ४ वटा मतदान केन्द्र स्थापना गरेको छ । विर्नाचन प्रयोजनका लागि कम्तीमा ४४ जना कर्मचारी खटिने भएका छन् भने ११ वटा निर्वाचन बुच खडा गरिने भएको छ ।

निर्वाचन समितिले एकै सगोलको परिवारबाट एक जना मात्र उम्मेदवार बन्न पाउने, अर्को सहकारीको सदस्य भएमा उम्मेदवार बन्न नपाउने, घटीबढी मतदान गरेमा मत बदर हुने र उम्मेदवार एवम् चुनावलाई असर पर्ने गरी प्रचार प्रसार गर्न नपाइने लगायतका नियम लागू गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: