सहाराले क्वारेन्टाइनलाई खाद्यान्न दिने

  प्रकाशित मिति
१२ चैत्र २०७६, बुधबार २२:२८


बिर्तामोड । कोरोना भाइरस कोभिड–१९ को आशंकामा आफ्नो कार्यक्षेत्रभित्र स्थापित क्वारेन्टाइन गृहमा आवश्यक खाद्यान्न सहारा नेपालले उपलब्ध गराउने भएको छ ।

संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले  दिएको जानकारी अनुसार सहारा नेपाल कर्मचारी मानवीय कोषबाट २० लाख बराबरको खाद्यान्न उपलब्ध गराइने भएको हो ।

संस्थाको कार्यक्षेत्र प्रदेश १ का ६ वटा जिल्लामा रहेको छ । झापा, इलाम, मोरङ, सुनसरी, उदयपुर आदि जिल्लाहरुमा स्थापित क्वारेन्टाइन गृहमा रहने कोरोना शंकास्पद व्यक्तिहरुको लागि चामल, दाल, तरकारी लगायत खाद्य वस्तु सहाराले उपलब्ध गराउने उनको भनाई छ ।

हरेक जिल्लामा रहेका विपद व्यवस्थापन समितिसँगको समन्वयमा सहाराले अधिकतम् २० लाखसम्मको खाद्यान्न उपलब्ध गराउने बुधबार साँझ निर्णय गरिएको कार्यकारी प्रमुख गिरीले जानकारी दिए ।

‘संस्थाका कर्मचारीहरुको स्वतःस्फुर्त कार्यक्रम अनुसार हरेकले एक दिनको तलब बराबरको रकम सहारा नेपाल कर्मचारी मानवीय कोषमा थप गर्नेछन् । उक्त रकमबाट क्वारेन्टाइनमा रहनुपर्ने शंकास्पद बिरामीहरुका लागि खाद्य सामग्री प्रदान गरिनेछ’ गिरीले बताए ।

११२ जना क्वारेन्टाइनमा

यसैविच १ नम्बर प्रदेशका विभिन्न स्थानमा स्थापित कोभिड–१९ का शंकास्पद बिरामी राख्ने क्वारेन्टाइन गृहमा १ सय १२ जना र आइसोलेसन गृहमा ५ जनाले उपचार गरिरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका अनुसार विभिन्न देशबाट घर आएका ६९ जनालाई होम क्वारेन्टाइनमा बस्ने ब्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: