सहाराले दिने भयो पाँच हजार सापटी

  प्रकाशित मिति
२१ चैत्र २०७६, शुक्रबार १७:२३


विर्तामोड । झापाको सहारा नेपाल बचत ऋण सहकारी संस्थाले लकडाउनका बेला आपतविपतमा परेका विपन्न वर्गका आफ्ना सदस्यहरुलाई दुई महिनाका लागि पाँच हजार रुपैयाँ सापटी दिने भएको छ ।

सहकारीको सदस्य भएका र संस्थाद्वारा सञ्चालित लघुवित्त परियोजनामा आवद्ध विपन्न परिवारले सापटी लिन पाउने छन् ।

सहारा नेपालमा हाल १ लाख ४७ हजार सदस्य रहेका छन् । कम्तीमा १५ हजार सदस्य विपन्न परिवारको भएको पूर्वानुमान गर्दै सापटी दिनका लागि ७ करोड रुपैयाँ छुट्याइएको संस्थाका कार्यकारी प्रमुख महेन्द्र गिरीले बताए ।

यस अघि झापाकै नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्य रहेका विपन्न परिवारलाई २ हजार रुपैयाँ सापटी दिने निर्णय गरेको थियो ।

सहाराले नेपाल सरकारदेखि प्रदेश र स्थानीय तहसम्मको सबै कोरोना विपत कोषमा रकम दिने भएको छ ।

सहाराले केन्द्रीय कोषमा ५ लाख दिने भएको छ भने प्रदेश नं. १ सरकारले सञ्चालन गर्ने क्वारेन्टाइनका लागि एक महिनासम्म लाग्ने सम्पूर्ण खाद्यान्न सहयोग गर्ने भएको छ ।

झापाका सबै स्थानीय तह, प्रदेश र केन्द्रको विपत कोषमा जम्मा गर्न सहाराले ५० लाख रुपैयाँ छुट्याएको छ । भूटानी शरणार्थी, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई समेत सहाराले खाद्यान्न तथा स्वास्थ्य सुरक्षासँग सम्बन्धित उपकरण सहयोग गरेको छ ।

एक्सेलले दियो ५ लाख

विर्तामोडमा प्रधान कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैङ्कले प्रदेश नं. १ सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा ५ लाख रुपैयाँ दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: