सहाराले दियो बृद्धालाई भत्ता

  प्रकाशित मिति
२१ चैत्र २०७२, आईतवार १२:३६


IMG_0830

बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था चारपानेले ६५ बर्ष माथिका २३ जनालाई मासिक भत्ता वापत १ हजार ५ सय रुपैयाँ उपलब्ध गराएको छ ।

सहकारीको २० औँ वार्षिकोत्सवको अवसरमा आइतबार उनीहरुलाई जीवन बरदान कार्यक्रम अन्तर्गत भत्ता उपलब्ध गराइएको हो ।
कार्यक्रममा संस्थाका शेयर सदस्यका १०६ जना छोराछोरीलाई १५ हजार रुपैयाँका दरले कूल १५ लाख ९० हजार रुपैयाँ छात्रवृत्ती प्रदान गरियो ।
त्यसैगरी गरिव तथा विपन्न शेयर सदस्यका छोराछोरीको शिक्षामा सहयोग पुर्याउने उद्देश्यले १२७ जना विद्यार्थीलाई कापीकलम प्रदान गरिएको छ । मोहनमाया, पञ्चरत्न, आदर्श विद्या मन्दिर, शाङ्वेद, भानु उमावि, समाजसेवी प्रावि, वीर अमरसिंह उमावि र हिमाली निमाविका विद्यार्थीलाई कापीकलम प्रदान गरिएको हो ।

सोही कार्यक्रममा झापा जिल्ला वचत संघलाई ८० हजार रुपैयाँ बराबरको ल्यापटप र स्क्यानर प्रदान गरियो । संस्थाका उपाध्यक्ष हरि निरौलाको अध्यक्षता एवम् जिल्ला वचत संघका अध्यक्ष घनश्याम अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको औचित्यमाथि संस्थाका कार्यकारी निर्देशक महेन्द्र गिरीले प्रकाश पारेका थिए । कार्यक्रम संयोजक युवराज निरौलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सञ्चालक सदस्य ज्ञानु मैनालीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: