सहाराले दियो ५ जना सदस्यलाई राहत

  प्रकाशित मिति
२७ असार २०७७, शनिबार १५:१८


मेचीनगर । सहारा नेपाल साकोस सेवा केन्द्र धुलाबारीले मृत्यु भएका शेयर सदस्य तथा परिवारका पाँच जना सदस्यलाई राहत र वीमा वापतको रकम वितरण गरेको छ ।

शनिबार केन्द्रको सभाहलमा आयोजित कार्यक्रममा मृत्यु भएका संस्थाका शेयर सदस्य मेचीनगर–९ निवासी महेश तिम्सिनाकी श्रीमति रेणुका ढकाल र मेचीनगर–१० निवासी मात्रिकाप्रसाद पराजुलीकी श्रीमति दिलकुमारी दाहाललाई परिवार राहत कार्यक्रम अन्तरगत वीमा वापतको जनही १ लाख रुपैयाँ प्रदान गरिएको हो ।

त्यस्तै, लघुवित्तका ३ जना मृतक तथा सदस्यका परिवारलाई कर्जा मिनाह वापतको रकम वितरण गरिएको थियो ।

जसमा लघुवित्त कर्जाकी सदस्य बुद्वशान्ति–५ की जानुका घिमिरेका श्रीमान प्रेम घिमिरेको मृत्यु भएकोले सदस्य जानुकाले कर्जा मिनाह वापतको १ लाख २० हजार रुपैयाँ प्राप्त गरेकी छन् ।

लघुवित्तकी सदस्य बुद्वशान्ति–५ की सिमा धिमालका श्रीमान आसर धिमालले कर्जा मिनाह वापतको २० हजार रुपैयाँ पाएका छन् ।

त्यसैगरी लघुवित्तकी सदस्य मेचीनगर–३ निवासी धनमाया सुब्बाका श्रीमान विसमान लिम्बुले कर्जा मिनाह वापतको ५० हजार रुपैयाँ प्राप्त गरेको संस्थाले जनाएको छ ।

कार्यक्रममा सेवा केन्द्र हावसका सदस्यहरु पर्शुराम तिम्सिना, खेमराज खनाल, मिरादेवि काफ््ले पोखरेल, देवेन्द्र दाहाल, लोहितप्रसाद चापागाई, दैवकिशोर गिरी, विष्णुकुमारी कटुवाल, चुडामणी रेग्मी, भुवनसिंह बराइली, सृजना डाँगी, निर्मलकुमार दाहाल लगायतको उपस्थिति रहेको थियो ।

सहारा नेपाल साकोस सेवा केन्द्र धुलाबारी उपसमितिका संयोजक भगिरथ शर्मा सुवेदीको सभापतित्वमा सम्पन्न राहत वितरण कार्यक्रमको औचित्यमाथि प्रकाश ईलाका सेवा केन्द्र चारआलीका प्रवन्धक मुकुन्दसेन कार्कीले पारेका थिए ।

कार्यक्रमको सञ्चालन सेवा केन्द्र धुलाबारीका शाखा प्रबन्धक अरुण श्रेष्ठले गरेका थिए ।

।। अर्जुन कार्की ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: