सहारा अब नेपालकै पहिलो नम्बरको सहकारी

  प्रकाशित मिति
८ आश्विन २०७९, शनिबार १५:५७


मेचीनगर, ८ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको सदस्य संख्या एक लाख ६० हजार नाघेको छ ।

संस्थाको कारोवार पनि उच्च छ । वित्तीय कारोवार र सदस्य आकारका हिसाबले सहारा नेपाल अब मुलुककै पहिलो नम्बरको सहकारी संस्था हुन पुगेको छ ।

संस्थाले आज दसैं शुभकामना आदानप्रदान तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रममा यो जानकारी सार्वजनिक गरेको हो ।

यसको मुख्य कार्यालय विर्तामोड–२ चारपाने छ । यही भदौसम्ममा सहाराको सदस्य १ लाख ६० हजार नाघेको हो ।

संस्थाको बचत ९ अर्ब ९६ करोड ३५ लाख २२ हजार ४६७ रुपैयाँ, ऋण लगानी १२ अर्ब ८४ करोड ३४ लाख ४१ हजार ३७८ रुपैयाँ, शेयर पूँजी १ अर्ब ६३ करोड १८ लाख ९१ हजार ८०० रुपैयाँ र जगेडा कोष १ अर्ब ११ करोड १९ लाख ८२ हजार ९५८ रुपैयाँ पुगेको छ ।

संस्थामा १ अर्ब ६३ करोड ७ लाख ४४ हजार ८१६ रुपैयाँ नगद तथा बैंक मौज्दात रहेको जनाइएको छ ।

प्रदेश नं. १ को ११ जिल्लामा सहाराका ७९ वटा सेवा केन्द्र सञ्चालन भइरहेका छन् ।

संस्थाका कार्यकारी प्रमुख महेन्द्र गिरीका अनुसार २०५२ सालमा ३३ जना संस्थापक सदस्यले ३४ हजार रुपैयाँ शेयर पूँजी संकलन गरेर सहाराको स्थापना गरेका थिए ।

संस्थामा हाल ५२० जना कर्मचारी र ऋणी संख्या ८७ हजार ७० जना रहेका छन् ।

दसैंमा भत्ता वितरण

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले चाडपर्वको अवसर पारेर ज्येष्ठ, एकल र अशक्त सदस्यहरुलाई सामाजिक सुरक्षा सुविधाको रुपमा नगद वितरण गरेको छ ।

आज सहारा नेपालका सबै सेवा केन्द्रहरुमा कूल एक हजार ५४ जनालाई यसवर्षको सामाजिक सुरक्षा सुविधा अन्तर्गत रु. ९५ लाख ९० हजार नगद वितरण गरेको संस्थाका केन्द्रीय कार्यालयका निर्देशक लक्ष्मण खतिवडाले जानकारी दिए ।

उनका अनुसार ७५ वर्ष उमेर पुगेका ज्येष्ठ सदस्य र मृत्यु भएका सदस्यका परिवारलाई रु. एक लाखदेखि पाँच लाखसम्म परिवार राहत वितरण गरिएको छ । यो राहत यसवर्ष १२ जना सदस्यलाई दिइएको छ ।

ज्येष्ठ सदस्यमध्ये ८५ वर्ष उमेर पार भएका चार जनालाई जनही रु. २५ हजारका दरले दीर्घायू सदस्य सम्मान प्रदान गरिएको छ भने अशक्त, एकल र ज्येष्ठ सदस्यहरुलाई जनही वार्षिक रु. छ देखि १० हजारसम्म सामाजिक सुरक्षा सुविधा प्रदान गरिएको उनले बताए । एकल महिला र पुरुष दुबैले सुविधा पाउने गरेका छन् ।

सहारा नेपालले गत वर्ष सामाजिक सुरक्षा सुविधा अन्तर्गत सदस्यहरुलाई दसैको अवसरमा रु. एक करोड सात लाख ४९ हजार वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: