सहारा धुलाबारीले बाड्यो सामाजिक सुरक्षा भत्ता

  प्रकाशित मिति
२३ आश्विन २०७८, शनिबार १९:५२


धुलाबारी, २३ असोज । सहारा नेपाल साकोस धुलाबारी सेवा केन्द्रले शनिबार एक कार्यक्रमको आयोजना गरेर विभिन्न शिर्षकमा सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।
सेवा केन्द्रले जीवन बरदान कार्यक्रममा सहभागी बनेका जेष्ठ नागरिक, एकल महिला, जीवन गुमाएका सदस्यको परिवारलाई राहत वितरण गरेको हो ।

सेवा केन्द्रका संयोजक भगिरथ शर्मा सुवेदीको सभापतित्व तथा मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेतीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा परिवार राहत कार्यक्रम अन्तर्गत स्व. तेजराख खतिवडा (तेराख)को परिवारलाई २ लाख राहत प्रदान गरेको छ । सो रकम स्व. तेराखका छोरा लेखनाथ खतिवडालाई प्रदान गरिएको थियो ।

सोही अवसरमा सेवा केन्द्रले ६५ वर्षदेखि ७० वर्ष उमेर पुगेका ४४ जना जेष्ठ सदस्यहरुलाई जनही ६ हजारका दरले २ लाख ६४ हजार पोषण भत्ता वितरण गरेको छ । त्यसैगरी, जेष्ठ नागरिक सदस्य भत्तातर्फ ७१ वर्षदेखि ८० वर्ष उमेर पुगेका ३२ जनालाई जनही ८ हजारका दरले २ लाख ५६ हजार रुपैयाँ वितरण गरेको छ ।

सहकारीले ८१ वर्ष देखि माथिका ८ जनालाई जनही १० हजारका दरले ८० हजार वृद्व सदस्य भत्ता वितरण गरेको छ । त्यसैगरी, ४२ जना एकल महिलाहरुलाई ८ हजारका दरले ३ लाख ३६ हजार रकम प्रदान गरेको थियो । उनीहरुलाई प्रमुख अतिथि उप्रेती र विशेष अतिथि मेचीनगर–९ का वडाध्यक्ष गोपाल खड्काले नगदसहित सम्मान गरेका थिए ।

त्यसक्रममा पुरुष सदस्यलाई ढाका टोपी र महिला सदस्यहरुलाई मोवाइल राख्ने पर्स समेत प्रदान गरिएको थियो । सो अवसरमा सेवा केन्द्रका कार्यालय प्रमुख अरुण श्रेष्ठले सेवा केन्द्रको आर्थिक प्रतिवेदन र कार्यक्रमको औचित्यमाथि प्रकाश सहाराका अनुगमन अधिकृत घनश्याम रायले गरेका थिए ।

साकोसले पछिल्लोसमय सदस्यहरुलाई विभिन्न सुविधा प्रदान गर्दै आएको साकोसका धुलाबारी कार्यालय प्रमुख श्रेष्ठले बताए । उनले सदस्यहरुको जीवनस्तर उकास्ने अभियानमा छौँ, सहकारीले जीवन बरदान कार्यक्रम अन्तर्गत सदस्य पुरुषका बुवा आमा तथा महिला सदस्यका सासु ससुराको मृत्यु भएमा ६० हजार र स्वयम सदस्यको मृत्यु भएमा १ लाख देखि ५ लाख रुपैयाँसम्म राहत स्वरुप प्रदान गर्दै आएको छ ।

सदस्य विरामी भएमा १० लाख रुपैयाँसम्म उपचार खर्च, कोरोना लागेर अस्पताल बस्नुपरे ३ लाख रुपैयाँसम्म उपचार खर्च र कोरोना पोजिटिभ भई होम आइसोलेशनमा बसेका सदस्यलाई ७ हजार रुपैयाँसहित पोषण सामग्री प्रदान गर्दै आएको छ ।

जीवन बरदान कार्यक्रममा सहभागी भएका सदस्यहरुले उक्त सुविधा प्राप्त गर्नेछन् । उनले भने, ‘सदस्यको स्वास्थ्य र शिक्षाको जिम्मा २०८० सालपछि सहारा साकोसले लिन्छ ।’

कार्यक्रममा प्रमुख अतिथि उप्रेती, विशेष अतिथि खड्का, मेची उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक गोपाल बस्नेत, सहारा नेपाल साकोस परामर्श समितिका संयोजक हरिचरण बानियाँ लगायतले बोलेका थिए ।

।। डम्बर बराल ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: