सहारा पत्रकारिता पुरस्कारबाट रोहित सम्मानित

  प्रकाशित मिति
२१ चैत्र २०७४, बुधबार १८:४७


सुरुङ्गा । पत्रकार रोहित काफ्लेलाई सहारा सहकारी पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । उनलाई नगद १५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरियो ।
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले २२औँ स्थापना दिवसको अवसरमा सुरुङ्गामा आयोजना गरेको भव्य समारोहका बीच काफ्लेलाई सम्मान गरिएको थियो । नेपालकै अग्रणी एवम् सामाजिक क्षेत्रमा समेत छुट्टै पहिचान बनाएको सहाराले बुधबार सुरुङ्गामा २२ औँ स्थापना दिवस मनाएको हो ।
०५२ साल २१ चैतमा ३३ जना व्यक्तिले ३४ हजार शेयर पूँजीबाट सुरु गरेको सहारा साकोस मुलुककै उत्कृष्ट सहकारी बनेको छ । स्थापना दिवसका अवसरमा सहाराले पत्रकार काफ्लेलगायत उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट उद्यमी सदस्य, असल छोरी–बुहारी, दिवंगत शेयर सदस्य तथा केही सहकारी संस्थाहरुलाई समेत सम्मान तथा पुरस्कृत गर्यो ।

कार्यक्रमकी प्रमुख अतिथि कन्काई नगरपालिकाकी उपमेयर मञ्जु प्रसाईं, सहाराका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौलालगायतले पत्रकार काफ्लेलाई नगद तथा सम्मानपत्र प्रदान गरेका थिए । पुरस्कृत पत्रकार काफ्ले आर्थिक पत्रिका निर्माण लहर साप्ताहिकका सम्पादक हुन् भने आर्थिक पत्रकार समाज झापाका अध्यक्ष पनि हुन् ।

सहाराको उत्कृष्ट बचतकर्ताका रुपमा लीलाकुमारी गौतम शर्मा, धनमाया थापा, यमुनादेवि दाहाल खनाल र गीता सिटौला पुरस्कृत भए । उत्कृष्ट ऋणिका रुपमा भक्तिमाया प्रसाईं, टिकादेवी माझी, शारदादेवी बस्नेत खड्का र जनकलाल सुवेदीलाई पुरस्कृत गरियो ।

सेवा केन्द्र सुरुंगाका उत्कृष्ट उद्यमी सदस्यका रुपमा देवमाया विक, रत्नकुमारी शिवाकोटी, खिनमाया खतिवडा, पवित्रा शिवाकोटी र पार्वता गौतम खड्का पुरस्कृत भए । त्यसैगरी पुरस्कृत हुने असल छोरी–बुहारीमा मिनाकुमारी न्यौपाने, मञ्जुमाया कार्की, निर्मला रिजाल र तारा अधिकारी छन् । पुरस्कृत सबैलाई जनही ५ हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरियो ।

सहाराले दिवंगत शेयर सदस्यहरु खडानन्द गौतम, मातृकाप्रसाद दाहाल, योगमाया ओझा र विनोद पौड्यालका परिवारलाई जीवनयापनका लागि भन्दै परिवार राहत वितरण कार्यक्रममार्फत् प्रतिपरिवार एक लाख रुपैयाँ प्रदान गरेको छ ।

सहाराले प्रबद्र्धन गरेका सहकारी संस्थाहरु संगालो महिला कृषि सहकारी, शान्तिदिप महिला कृषि सहकारी, जनमिलन महिला कृषि सहकारी, सुनमाई महिला कृषि सहकारी, सगुन महिला कृषि सहकारी, मिलीजुली महिला कृषि सहकारी, सदाबहार महिला कृषि सहकारी र जुनतारा महिला कृषि सहकारीलाई पुरस्कृत गरेको छ । यी सबै सहकारीलाई जनही ५० हजार रुपैयाँ प्रदान गरिएको थियो ।

बागेडाँगी त्रिदेवी बहुउद्देश्यीय सहकारी र साना किसान कृषि सहकारीलाई भने कम्प्युटर सेट प्रदान गरिएको छ । सहाराका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानालाई संस्थाका सदस्य रामबहादुर भुजेलले सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: