सहिदका छोराले पनि गरे नगर सहसचिवमा उम्मेद्वारी घोषणा

  प्रकाशित मिति
२५ भाद्र २०७८, शुक्रबार १२:४४


 

नगर सहसचिवका उम्मेद्वार विजय भट्टराई ।

मेचीनगर, २५ भदौ । सहिद विष्णुप्रसाद भट्टराईका छोरा विजय भट्टराईले पनि आइतबार हुने नेपाली कांग्रेसको नगर अधिवेशनमा सहसचिव पदका लागि उम्मेद्वारी घोषणा गरेका छन् ।

जन्मजातै कांग्रेसमा आवद्व उनी विद्यार्थी जीवनदेखि कांग्रेसमा सक्रिय छन् । उनी सहिदका छोरा समेत हुन् ।

मेचीनगर–१० निवासी उनका बुबा विष्णुप्रसाद भट्टराई २०६२÷६३ को जनआन्दोलनमा सहिद भएका थिए । मेचीनगरको सात दलले विष्णुप्रसादलाई सहिद घोषणा गरेको थियो ।

विष्णुप्रसाद आन्दोलनका बेला अग्रमोर्चामा खटिएका थिए । ७ दलको चारआलीदेखि काँकरभिट्टासम्म साइकल र्याली हुँदा त्यसमा सहभागी उनको धुलाबारीमा अचानक ह्रदयघात भएर निधन भएको थियो ।

कांग्रेस मेचीनगरको यहि भदौ २७ गते हुने नगर अधिवेशनका लागि मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यका स्वकीय सचिव (पिए) समेत रहेका भट्टराईले सहसचिव पदमा उम्मेद्ववारी दिने घोषणा गरेका हुन् ।

कांग्रेसको १२ औँ महाधिवेशनदेखि क्रियाशिल सदस्यता रहेका भट्टराईले सामाजिक सञ्जालमार्फत उम्मेद्वारी घोषणा गरेका छन् ।

संगठनको हित, संगठन बिस्तार र संगठन मजबुत बनाउदै नयाँ ढाचाबाट पार्टीलाई अघि बढ्नका लागि मेरो पूर्ण योगदान रहने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: