सहिद सुरज विश्वासको जन्म जयन्ती मनाईयो

  प्रकाशित मिति
२१ आश्विन २०७८, बिहीबार १८:३३


झापा, २१ असोज । २०६२÷०६३ को दोस्रो जनआन्दोलनमा सेनाको गोली लागेर सहिद भएका सुरज विश्वासको ४१ औं जन्म जयन्ती मनाइएको छ ।
नेपाल राष्ट्रिय बंगाली समाज केन्द्रीय समितिको आयोजना तथा भद्रपुर नगर समितिको समन्वयमा भद्रपुर–६ स्थित सहिद सुरज विश्वास स्मृति पार्कमा जन्म जयन्ती मनाइएको हो ।

समाजले सहिद सुरज विश्वासको अर्धकदको सालिकमा माल्यार्पण, पार्कमा वृक्षारोपण र सहिद आमालाई सम्मान गरी पहिलो पटक जन्म जयन्ती मनाएका हुन् ।

समाजका केन्द्रीय अध्यक्ष पार्थो सरकार र भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले सहिद आमा मिना विश्वासलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नगरपालिकाका मेयर श्रेष्ठले सहिद सुरज विश्वासले दिएको बलिदानको कदर गर्दै सहिद परिवारलाई स्थानीय सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

बंगाली समुदायबाट एक मात्र सहिद भएका व्यक्ति भद्रपुरकै रहेको बताउँदै उनले भने, बंगाली समुदायको हक अधिकार सुनिश्चित, कला, संस्कृति र भाषा जगेर्ना गर्नका लागि स्थानीय सरकार तयार रहेको बताए । नगरपालिकाले सहिद सुरज विश्वासको भिडियो डकुमेन्ट्री बनाइदिने पनि श्रेष्ठले घोषणा गरेका छन् ।

त्यस्तै नगरपालिकाकी उपमेयर चन्द्रामाया श्रेष्ठले सहिद आमालाई नगरपालिकाले मासिक रुपमा १० हजार दिने कार्यपालिका बैठकले निर्णय गरिसकेको बताइन् ।

बंगाली समुदायले आफ्नो हक अधिकारका लागि अहिले देशव्यापी अभियान सुरु गरेको छ, त्यसमा हाम्रोतर्फबाट पूर्ण सहयोग रहने उनले बताइन् ।

समाजका केन्द्रीय अध्यक्ष पार्थो सरकारको अध्यक्षतामा भएको कार्यक्रममा ६ नम्बर वडाध्यक्ष प्रेम बरुवाल, ५ नम्बर वडाध्यक्ष बन्धु कार्की, बंगाली समाजका सांस्कृतिक, कला तथा साहित्य विभागका संयोजक सन्तोष सरकार लगायतले मन्तव्य राखेका थिए ।

केन्द्रीय सदस्य अनुप रायले सहिद सुरज विश्वासको जीवनीमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन समाजका केन्द्रीय उपाध्यक्ष विप्लव घोषले गरेका थिए ।

सहिद सुरजको जन्म २०३७ असोज २९ गते भएको थियो । वडादशैँ सुरु भइसकेको र असोज २९ गते टिका लगाउने दिन परेकोले एक साताअघि जन्म जयन्ती मनाउनु परेको केन्द्रीय सदस्य पार्थ मण्डलले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: