फ्लोअप न्यूज : सांसद् लिङ्देनको स्वास्थ्य अवस्था ‘खतरामुक्त’

  प्रकाशित मिति
२५ मंसिर २०७७, बिहीबार २१:२०


मंसिर २० गते मोटरसाइकल र्याली समापनका अवसरमा विर्तामोडमा कोणसभालाई सम्बोधन गर्दै नेता लिङ्देन ।

झापा, २५ मङ्सिर । निमोनियाबाट सङ्क्रमित राप्रपा नेता तथा संघीय सांसद् राजेन्द्र लिङ्देनको शरीरमा निरन्तर अक्सिजनको मात्रा घटेपछि कुनै पनि जोखिम नहोस् भनेर काठमाडौं लगिएको थाहा भएको छ ।

आज दिउँसो बीएन्डसी हस्पिटलको आइसीयुमा भर्ना भएका उनलाई आजै बेलुकी सेनाको एयर एम्बुलेन्स चार्टर गरेर काठमाडौंको मेडिसिटी हस्पिटल लगिएपछि स्वास्थ्य अवस्थालाई लिएर जनमानसमा गम्भीर चासो व्यक्त भइरहेको छ ।

पारिवारिक, राजनीतिक तथा हस्पिटल स्रोतले सांसद् लिङ्देनको वत्र्तमान स्वास्थ्य अवस्था खतरामुक्त रहेको जनाए ।

कोभिड १९ सँग मिल्दोजुल्दो लक्षण देखिनु र शरीरमा अक्सिजनको मात्रा निरन्तर घट्नुले थप उपचारको खाँचो महसुस गरेर उनलाई काठमाडौं अचानक लैजानु परेको बताइएको छ ।

‘उहाँ बोल्न सक्ने अवस्थामै हुनुहुन्छ, काठमाडौं जाने विषयमा उहाँसँग परिवारका सदस्यसँग कुराकानी भयो,’ बीएन्डसीमा रहँदाको स्वास्थ्य अवस्था दर्शाउँदै राप्रपाका जिल्ला सचिव केशव ओझाले लोकतन्त्र पोस्टसँग भने–‘तर लगातार अक्सिजन लेभल घटेपछि थप उपचारको सबैले महसुस गरेका हुन् ।’

बीएन्डसी हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिस गिरीले आज दिउँसो सांसद् लिङ्देनलाई सास फेर्न नै अप्ठेरो भएको अवस्थामा आइसीयुमा भर्ना गरिएको जानकारी दिए ।

स्रोतका अनुसार लिङ्देनलाई मंसिर २० गते मोटर साइकल र्याली सकिएको पर्सीपल्टदेखि कडा ज्वरो आएको थियो । उनी र्याली भएको दिन पनि अस्वस्थ नै थिए ।

हातमा ग्लोब र मुखमा मास्क लगाएर र्यालीमा सहभागी उनी मंसिर १८ र १९ गते काँकरभिट्टा र विर्तामोडमा भएको राप्रपाको पत्रकार सम्मेलनमा सहभागी भएका थिएनन् । त्यसबेला उनी हलुका ज्वरो र रुघामर्कीको सामना गरिरहेका थिए ।

ज्वरो र रुघा लागिरहे पछि उनले कञ्चनजंघा हस्पिटल (घरबाट सबैभन्दा नजिकको हस्पिटल)मा स्वास्थ्य परीक्षण गराएका थिए ।

बुधवार उनको पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएको थियो । कोरोना होइन भनेर ढुक्क भएका उनी विहीवार सास फेर्न झन् गाह्रो भएपछि बीएन्डसी हस्पिटल गएका थिए ।

चिकित्सकहरुले उनको स्वास्थ्यमा देखिएका लक्षणहरु कोरोनासँग मिल्दोजुल्दो भएको बताउने गरेका छन् । त्यहीकारण विहीवार बीएन्डसी हस्पिटलमा फेरि स्वाव संकलन गरिएको छ ।

ढिलोगरी स्वाव लिइएका कारण उनको पीसीआर परीक्षण आज हुन सकेन ।

अहिले काठमाडौंको सुविधासम्पन्न मेडिसिटी हस्पिटलमा उनलाई भर्ना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: