काँकरभिट्टा । नेपाली काङ्ग्रेसकी नेतृ तथा सांसद उषा गुरुङलाई मातृशोक परेको छ । उनकी आमा काँकरभिट्टाकी समाजसेवी तथा नेपाली काङ्ग्रेसकी पुराना नेतृ नन्दकुमारी गुरुङको सोमवार ७० वर्षको उमेरमा निधन भएको हो । गुरुङ २७ वर्षदेखि सुगर रोगबाट पीडित थिइन् । उनको उपचारको व्रmममा नोवल अस्पताल विराटनगरमा निधन भएको हो ।
२००३ सालमा जन्मिएकी गुरुङ यस क्षेत्रमा होटल सञ्चालन गर्ने पुरानो व्यवसायी समेत हुन् । उनले २०३६ सालमा धनकुटाबाट आइ काँकरभिट्टामा न्यू शैनिक होटल सञ्चालन गरेकी थिइन् । उनी तमु समाजको पूर्व कोषाध्यक्ष तथा हाल सल्लाहकार समेत थिइन् ।
सामाजिक क्षेत्रमा व्रिmयाशिल, लगनशिल तथा हिम्मतवाली रहेकी गुरुङको निधनले सिङ्गो मेचीनगरलाई क्षति पुगेको छ ।
२०१२ सालमा गणेशबहादुर गुरुङसँग विवाह गरेकी उनी यस क्षेत्रकी सामाजिक व्यक्तित्वका रुपमा परिचित थिइन् । पूर्व शैनिक समेत रहेका श्रीमानको २०४९ सालमा निधन भएको थियो ।
उनका छोराबहाुरीहरू कुमार तथा कुमारी गुरुङ, छोरीहरू उषा गुरुङ र विटु गुरुङ रहेका छन् । उनको मङगलवार गुरुङ संस्कार अनुसार मेचीडाँडामा दाहसंस्कार गरिएको छ । उनको पार्थिव शरीरमा नेपाली काङ्ग्रेसका जिल्ला सभापतिले पार्टीको झण्डा ओडाएका थिए । उनको अन्त्योष्टिमा जिल्ला उपसभापति राम कट्ेल, सचिव प्रमे सम्बाहाम्फे, कोषाध्यक्ष केशवराज पाण्डे, क्षेत्रीय सभापति मणीकुमार उप्रेती, नगर सभापति इन्द्रबहादुर बुढाथोकी, महासमिति सदस्य विमल आचार्य, नेताहरू तमर राई, प्रेम राईलगायत नेताहरू तथा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता तथा सामाजिक व्यक्तित्वको उल्लेखीय सहभागिता रहेको थियो ।