सांसद राजवंशीले गरे दुई आयोजनाको शिलान्यस एकै दिन

  प्रकाशित मिति
२२ मंसिर २०७७, सोमबार १०:१६


भद्रपुर, २२ मंसिर । प्रदेश नम्बर १ का सांसद पूर्णसिंह राजवंशीले एकै दिन आइतबार दुईवटा आयोजनाको शिलान्यस गरेका छन् ।

उनले सहिद मेम मार्ग हल्दिबारी–२ र बाह्दशी गाउँपालिका– १ स्थित अदुवा खोलामा पक्की पुलको शिलान्यस गरेका हुन् । उनले शिलान्यस कार्यक्रममा सोही क्षेत्रका जनताको माग अनुसार आफ्नो रोजाईका दुई बहुबर्षीय योजनालाई प्राथमिकतामा राखेर काम सुरु गरेको बताए ।

विर्तामोड नगरपालिकासँग सिमाना जोडिएको स्थानबाट शुम्भूचोक हुँदै हुलाकी मार्गसम्म जोडिने कालो पत्रेसहितको बाटोको लम्बाई ९ दशमलव ५३ किलोमिटर हुनेछ ।
भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश नम्बर १ विराटनगर अन्तरगत बन्न लागेको सडकको ठेक्का प्यासिफिक एलाइट जेवी काठमाडौंले लिएको छ ।

वि.सं. २०७७ असोज २१गते सम्झौता भएको पक्की नाला र कल्भटसहितको सडकको कार्य २०७९ असोज २० सकिने भएको छ ।

त्यसैगरी, आइतबारै शिलान्यस गरिएको अदुवा पुल बनेपछि केचनाकवल, बाह्दशी र झापा गाउँपालिकाका बासिन्दालाईं फाइदा पुग्ने सांसद राजवंशीले बताए ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार रु.सात करोड नौ लाख १३ हजार ९०० बन्न लागेको पुलको ठेक्का सम्झौता वि.सं. २०७७ साउन १२ गते गरी २०७९ असार २० गते सक्ने गरी दिवा झापाली जेवीले लिएको छ । पुल निर्माण कार्य तोकिएकै समयमा गरीसक्ने निर्माण कम्पनीका शेरबहादुर थापाले बताए ।

भौतिक पूर्वाधार विकास कार्यालयका प्रमुख रमेशकुमार श्रेष्ठको अध्यक्षतामा भएको शिलान्यस कार्यक्रममा बाह्दशी गाउँपालिका अध्यक्ष खडग राजवंशी, युवा व्यवसायी देवी ओझा, नेकपा नेता राम राईसमेतको उपस्थिति रहेको राजवंशीका प्रेस संयोजक हेम भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: