झापा । लकडाउनको अवधिमा नेपाल भारत सीमा क्षेत्रमा सुरक्षाका निम्ति खटिएका सुरक्षाकर्मीले साइकलबाट गस्ती गर्न सुरु गरेका छन् ।
पाँच सय मिटरको दुरीमा रहेर सुरक्षा प्रदान गरिरहेका उनीहरुलाई दक्षिण क्षेत्रमा मकैबारी चुनौती बनेका कारण साइकल गस्तीले सहज भएकोे छ ।
प्रदेश नम्बर १ को सरकारले प्रहरी कार्यालय विराटनगरमार्फत सीमा क्षेत्रमा अस्थायी पोस्ट बनाएर सुरक्षा प्रदान गर्ने सुरक्षाकर्मीका लागि २५ वटा साइकल प्रदान गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए ।
सुरक्षाकर्मीले एक पोस्टबाट अर्को पोस्टसम्म पालो मिलाएर साइकलमा गस्ती गर्न थालेको उनको भनाई छ ।