साइकल दिवसमा पर्यटकीय स्थलको फन्को

  प्रकाशित मिति
२० जेष्ठ २०७६, सोमबार २२:०९


विर्तामोड । दोस्रो विश्व साइकल दिवसको उपलक्ष्यमा सोमवार झापाका युवाहरुको एक समूहले पर्यटकीय स्थलहरु साइकल यात्राबाटै फन्को मारेको छ ।

विर्तामोड आँखा अस्पतालको संयोजन तथा साइकल यात्री विनोद दाहालको अग्रसरतामा यहाँ भेला भएका दर्जनौ युवाहरुले दोमुखा, धनुषकोटी धाम, कोटीहोम, जामुनखाडी हुँदै चारआलीसम्म करीव ६० किलोमिटर साइकल यात्रा गरेका हुन् ।

स्वास्थ्यका लागि साइकल संस्कार भन्ने नाराका साथ उनीहरुले पर्यटकीय स्थलको समेत प्रवर्धनमा सघाउ पुर्याएका छन् ।

सो अभियानमा सामाजिक क्षेत्रका अगुवा युवाहरु विनोद बस्नेत, तेजमणि प्रसाई, बुद्ध तामाङ, सन्तोष अग्रवाल लगायतको सहभागिता रहेको थियो ।
टोलीमा विर्तामोड आँखा अस्पतालका डा. सीमा प्रधान लगायतको चिकित्सकहरु समेत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: